टी–२० लिग : यो चर्चित टिममा आवद्ध भए अर्जुन, पाए लाखौं रुयैयाँ

काठमाडौं।

नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका लागि नेपाली खेलाडीको ड्राफ्ट सकिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ । ड्राफ्टबाट ६ टोलीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् ।

यसअघि शनिबार ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ । अब विदेशी खेलाडीको ड्राफ्ट बाँकी रहेको छ । पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।

ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई १५ लाखमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यस्तै पोखराले ‘ए’ श्रेणीका खेलाडी शरद भेषवाकरलाई १५ लाखमै अनुबन्ध गरेको छ ।

हालै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका अर्जुन साउँद विराटनगर सुपर किंग्समा आवद्ध भएका छन्। विराटनगरले अर्जुनलाई १० लाख रूपैयाँमा अनुबन्ध गरेको हो। अर्जुन विकेटकिपर ब्याटर हुन्।

उनले केन्या भ्रमणमा शानदार प्रदर्शन गरेका थिए। केन्या भ्रमणमा साउदले राष्ट्रिय टिममा डेब्यूका लागि भने दुई खेल कुर्न पर्‍यो। दोस्रो खेलमा नेपाली ब्याट्सम्यानको खराब ब्याटिङपछि १९ वर्षीय अर्जुनले केन्याविरूद्धको तेस्रो खेलमा डेब्यूको अवसर पाएका थिए।

डेब्यू खेलमा नै अर्जुनले सबैको ध्यान खिँच्न सफल भए। पवन सर्राफसँग मिलेर ओपनिङ गरेका साउदले डेब्यू खेलमा ३५ रन जोडे। उनले ३१ बल खेल्दा २ चौका र ३ छक्का हिर्काएका थिए। त्यस पछिका खेलमा भने उनले लगातार टिममा स्थान बनाउन सफल भए। उनले चौथो टी-२० मा ६ रन मात्र जोड्न सकेका थिए। पाँचौमा २९ रन जोडे।

टी-२० सिरिजमा प्रभावशाली खेल देखाएपछि अर्जुन एकदिवसीय सिरिजका तीनै खेलमा विकेटकिपर तथा ओपनरको भूमीकामा टिममा रहे। जसमा उनले दुई अर्धशतक हिर्काउन सफल भए। पहिलो एकदिवसीय खेलमा अर्जुनले ६१ रन बनाएका थिए भने दुई क्याच लिएका थिए। दोस्रोमा पाँच रनमै आउट भएका अर्जुनले १ क्यान लिन सफल भए।

तेस्रो टी-२० मा ५८ रन जोडेर अर्जुनले केन्या भ्रमणलाई यादगार बनाउन सफल भए। केन्या भ्रमणमा आत्मविश्वासका साथ गरेको ब्याटिङले आगामी प्रतियोगिताका लागि उनले टिममा आफ्नो स्थान बनाए भने नेपालले अर्का प्रतिभाशाली ओपनर तथा विकेटकिपर पाएको छ।

मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुनले टी–२० लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिइएको छ। भारतमा क्रिकेट खेलेर नेपाल आएका अर्जुनको घर सुदूरपश्चिम प्रदेशको अछाम हो।

खेलाडी ड्राफ्टपछि यस्तो बन्यो  विराटनगर सुपर किङ्स :

रोहितकुमार पौडेल (मार्की खेलाडी), अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल।

Leave A Reply

Your email address will not be published.