बलियो बन्यो ज्ञानेन्द्रको काठमाडौं, टिममा छन् यी चर्चित खेलाडी

काठमाडौं।

आगामी महिना हुने नेपाल टी-२० लिगका लागि ६ मार्कीसहित ६७ खेलाडी आबद्ध भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका हुन्। हिजो मार्कीसहित ७ खेलाडी आबद्ध भएकोमा आज बी र सी श्रेणीका खेलाडी आबद्ध गरिएको हो।

मार्की र ए श्रेणीका खेलाडीलाई १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ तलब दिने क्यानले जनाएको छ। लिगका लागि आसिफ शेख (पोखरा एभेन्जर्स), दीपेन्द्रसिंह ऐरी (लुम्बिनी अल स्टार्स), ज्ञानेन्द्र मल्ल (काठमाडौं कान्तिपुर), करण केसी (फार-वेस्टर्न युनाइटेड), रोहितकुमार पौडेल (विराटनगर सुपर किंग्स) र सोमपाल कामी (जनकपुर रोयल्स) मार्की खेलाडीको रुपमा आबद्ध भएका थिए

यी सबै खेलाडी ए श्रेणीमा ड्राफ्टमा थिए। यस्तै ए श्रेणीका शरद भेषवाकरलाई पोखराले टिममा आबद्ध गरेको थियो। क्यानले ड्राफ्टमा रहेका ९२ खेलाडीबाट ६७ खेलाडी छनोट भएका जनाएको छ। अब टिममा विदेशी खेलाडी आबद्ध हुन बाँकी छन्। क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।

काठमाडौं कान्तिपुरको मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल छन्। काठमाडौंले लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी र अभिनाश बोहरालाई जनही १० लाख रुयैयाँमा अनुबन्ध गरेको छ। यसका साथै उसले अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसीलाई पाँचपाँच लाखमा टिममा भित्र्याएको छ।

काठमाडौं कान्तिपुर : ज्ञानेन्द्र मल्ल (मार्की खेलाडीमार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)।

यस्तै, लुम्बनी अल स्टार्सले केही चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ। उसले राष्ट्रिय टिमबाट खेलिसकेका अनिलकुमार शाह, कुशल भुर्तेल, गुल्शन झा र सागर ढकाललाई अनुबन्ध गरेको छ।

ग्रेड बीमा अनुबन्ध भएका उनीहरूले जनही १० लाख पाउनेछन्। यसका साथै लुम्बनीले योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र इशान पाण्डेलाई जनही पाँचपाँच लाखमा अनुबन्ध गरेको छ।

लुम्बनी अल स्टार्स : दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिलकुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र इशान पाण्डे (सी)।

विराटनगर किंग्स :

रोहित पौडेल (मार्की खेलाडी), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी)।

जनकपुर रोयर्स :

सोमपाल कामी (मार्की खेलाडी), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी)।

फार वेस्टर्नन युनाइटेड :

करण केसी (मार्की खेलाडी), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी)।

पोखरा एभेन्चर्स :

आसिफ शेख (मार्की खेलाडी), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी)।

Leave A Reply

Your email address will not be published.