नयाँ वरीयता सार्वजनिक, यस्तो छ नेपालको स्थान

काठमाडौं।

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।

वरीयता घट्दै गएपछि नेपालले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सीधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। सन् २०२४ को टी–२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।

नयाँ वरीयतामा पनि भारत शीर्ष स्थानमा यथावत् नै रहेको छ। इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजिल्याण्ड पाँचौं नम्बरमा रहेका छन्। यसैगरी अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं र यूएई १३औं स्थानमा छन्।

नामिबिया १४औँ, स्कटल्याण्ड १५औं, ओमान १७औँ, नेदरल्याण्ड्स १८औँ पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औं नम्बरमा छन्। एकदिवसीय वरियतातर्फ नेपाल १९औँ स्थानमा कायमै रहेको छ।

ज्ञानेन्द्र मल्लको बागमतीले एउटा पनि म्याच खेल्न नपाएपछि

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गत बिहीबारदेखि सुरु पुरुष क्रिकेटका प्रतिस्पर्धाका अधिकांस खेल वर्षाका कारण प्रभावित भएका छन्। प्रतिस्पर्धामा सात प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली गरी ११ टिमले भाग लिएका छन्। मुलपानी मैदानमा तय भएका कुनै पनि खेल वर्षाका कारण भएका छैनन् भने कीर्तिपुर मैदानमा अहिलेसम्म तीन खेल मात्र २० ओभर खेल्न सम्भव भएको छ।

दुवै मैदानमा गरी समूह चरणका १५ खेल रद्द भइसकेका छन्। आगामी महिना नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिग गर्ने भएपछि अहिले नै पुरुष राष्ट्रिय प्रतियोगिता सञ्चालन भएका हुन्। वर्षायामको ख्याल नगरी हतारमा प्रतियोगिता गर्दा खेलहरु प्रभावित भएका हुन्। नवौंका अन्य खेलका प्रतिस्पर्धा भने असोज २८ देखि हुने तय छ।

वर्षाका कारण समूह चरणका खेल रद्द हुँदा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश समूह ‘बी’मा एउटै खेल नखेली बाहिरिएको छ। पूर्वकप्तान पारस खड्काले जिम्मा लिएको टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल छन्। राम्रो तयारी गरेको बागमतीले समूह चरणका कुनै पनि खेल खेल्न पाएन। समूहका चार खेल रद्द भएपछि बागमतीले चार अंक त पाएको छ।

बागमतीले अब पाँच अंक जोडेको शीर्ष स्थानको एनआरएनले टिमलाई भेट्टाउन सक्नेछैन। समूहमा एक खेलमा जित निकालेको सूदुरपश्चिमको ३ अंकसहित तेस्रो स्थानमा छ भने एपिएफ २ अंक जोडेर पाँचौ स्थानमा छ। आज यी दुई टिमबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। जित्ने टिम र एनआरएन सेमिइनलमा पुग्नेछ।

खेल रद्द भएको अवस्थामा सुदूरपश्चिम र एनआरएन अन्तिम चारमा स्थान पक्का गर्नेछ। बागमतिको कीर्तिपुरमा तय भएको प्रदेश एकविरुद्धको पहिलो खेल वर्षा कारण रद्द भएको थियो। कीर्तिपुरमै निर्धारण भएको सुदूरपश्चिमविरुद्धको खेल पनि मैदानमा पानी जम्दा सम्भव भएन।

त्यसपछि मुलपानीमा तय भएका एनआरएनए र एपिएफएफबीचको खेल पनि रद्द भयो। यसरी दाबेदार मानिएको बागमतिले समूह चरणका चार खेलमा एक बल पनि खेल्न पाएन। क्यान समूह चरणमा रद्द भएका फेरि खेल गराउने पक्षमा छैन। यस विषयमा क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पनि जानकारी दिइसकेको छ।

तर बागमती प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव सूर्य भण्डारीले कुनै पनि खेल नखेली बागमति आउट भएपछि असन्तुष्टि व्यक्त गरेका छन्। उनले बागमति बाहिरिएको समाचार सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘क्रिकेटको विषयमा केही पुनर्विचार हुन्छ, खेल्दै नखेली आउट हुनु र नतिजा घोषणा गर्नु हुँदैन भन्ने हाम्रो सुझाव छ। आज दिनभरमा नयाँ निर्णय आउँछ। कि त सबै म्याच खेल्न पाउनु पर्छ, कि त गेम नै रि-सेडुल गरि अर्को मितिमा गर्नुपर्छ।’

Leave A Reply

Your email address will not be published.