भारतमाथि हाबी हुँदै बंगलादेश, लियो अग्रता

काठमाडौं।

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले भारत र बंगलादेशबीच खेल जारी रहेको छ। भारतविरुद्ध बंगलादेशले सुरुवातमै अग्रता लिएको छ।

खेलको १२औं मिनेटमा एमएस शोपनाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। त्यसपछि खेलको २३औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो। बंगलादेशका लागि कृष्णारानीले सुन्दर गोल गरिन्।

पाकिस्तानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् । ३९औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ४८ औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाईन् । ५३ औं मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तान ३-० ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४-० को अग्रता दिलाईन् । खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५-० गोलको अग्रता दिलाइन् । खेलको ९०औं मिनेटमा नाडियाले व्यक्तिगत चौंथो गोल गर्दै पाकिस्तानलाई ६-० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७-० ले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफको सुखद अन्त्य गरेको छ । पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।

समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । तर, पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन । माल्दिभ्स भने जित विहीन घर फर्किएको छ । अंक विहीन माल्दिभ्स समूहको पुछारमा रह्यो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.