भारतमाथि बंगलादेशको ऐतिहासिक जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं।

बंगलादेश समूह विजेताको रुपमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो।

बंगलादेशको यो ऐतिहासिक जित पनि हो। महिला साफको इतिहासमा बंगलादेशले पहिलोपटक भारतलाई हराउन सफल भएको हो। बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन्।

साविक विजेताविरुद्ध खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २-० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाइन । यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । समूह ‘बी’ मा नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

फाइनलमा भारतसँग खेल्नुअघि यस्तो भन्छन् नेपाली प्रशिक्षक

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत खेल्दै छन्। कोलम्बोको रेस कोर्स ग्राउण्डमा भोलि बुधबार हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछ। यी दुई देशबीचको फाइनल खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।

फाइनल म्याच खेल्नुअघि नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतिक्रिया दिएका छन्। उनले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्।

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रि(म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताएका हुन् । ‘हिजो भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेल्यो। नेपालले पनि उत्कृष्ट खेल्यो। हाम्रो कप्तान टिममा फर्किएका छन्। मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रशिक्षक श्रेष्ठले फाइनल खेल अघिल्ला खेलजस्तै महेनत गरेर खेल्ने बताएका छन्।

उनले फाइनलका लागि टिम तयार भएकोसमेत बताएका छन्। ‘खेलाडीहरू पूर्ण फिट छन्। कप्तान फर्किएका छन्। खेलाडीले आफ्नो प्राकृतिक खेल खेलिरहेका छन्। फाइनल खेल टिम गेमको रूपमा खेल्छौं, महेनत गरेर खेल्छौं,’ मुख्य प्रशिक्षक श्रेष्ठले थपे ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। बुधबार नेपाल त्यहीँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ। भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा छ।

Leave A Reply

Your email address will not be published.