काठमाडौं।
भारतमा जारी दोस्रो संस्करणको रोड सेफ्टी वर्ल्ड सिरिजअन्तर्गत इंग्ल्याण्ड लेजेन्ड्सले श्रीलंका लेजेन्ड्स टिमलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। कानपुरको ग्रीन पार्क मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको इंग्ल्याण्ड लेजेन्ड्सले १९ ओभरमा सबै विकेट गुमाएर ७८ रन बनायो।
उसका लागि कप्तान इयान बेलले १५, फिल मस्टर्डले १४, क्रिस स्कोफिल्ड अविजित १० र स्टिफन प्यारी १० रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
श्रीलंका लेजेन्ड्सका लागि सनथ जयसूर्याले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २ मेडनसहित मात्र ३ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। यस्तै, नुवान कुलसेकरा र चतुरंग डीसिल्वाले २–२ तथा जीवन मेन्डिस र इसुरु उडानाले १–१ विकेट हात पारे।
श्रीलंका आज दोस्रो जितको खोजीमा रहेको छ। इंग्ल्याण्ड पहिलो खेलमै जित निकाल्न चाहन्छ। प्रतियोगितामा कुल ७ टिम सहभागी छन्। प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका खेलाडीहरूले खेल्दैछन्।
नयाँ वरीयता सार्वजनिक, यस्तो छ नेपालको स्थान
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।
वरीयता घट्दै गएपछि नेपालले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सीधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। सन् २०२४ को टी–२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।
नयाँ वरीयतामा पनि भारत शीर्ष स्थानमा यथावत् नै रहेको छ। इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजिल्याण्ड पाँचौं नम्बरमा रहेका छन्। यसैगरी अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं र यूएई १३औं स्थानमा छन्।
नामिबिया १४औँ, स्कटल्याण्ड १५औं, ओमान १७औँ, नेदरल्याण्ड्स १८औँ पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औं नम्बरमा छन्। एकदिवसीय वरियतातर्फ नेपाल १९औँ स्थानमा कायमै रहेको छ।