बायर्नले बार्सिलोनालाई घरमै बोलाएर चुट्यो, यी खेलाडी बने जितका हिरो

काठमाडौं।

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २-० ले हराएको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरे ।

खेलको ५० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २-० गोलको जित दिलाए। बायर्नको यो लगातार दोस्रो जित हो ।

जितसँगै समूह ‘सी’ को बायर्नले २ खेलमा ६ अंक जोडेको छ । बायर्न समूहको शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाको पहिलो हार हो ।

बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हराएर पहिलो जित निकालेको छ ।

यस्तै च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । तर,२७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेको छ ।

समूह ‘ए’ को लिभरपुल दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा लिभरपुल नापोलीसँग पराजित भएको थियो । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.