नेपाली टिमको ‘नयाँ कप्तान’ बन्न सक्ने ५ खेलाडी

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले कप्तानविहीन छन्। कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नि’लम्’बन गरेसँगै नेपाली क्रिकेट टिमको कप्तान पद रिक्त रहेको हो। २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो। क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो।

सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो। जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। एकदिवसीय क्रिकेटमा भने सन्दीपको कप्तानको रेकर्ड खराब छ। उनले १४ खेलमा कप्तानी गर्दा मात्र ४ म्याच मात्रै नेपालले जितेको छ। ९ म्याच हार्दा १ खेल बराबरी खेलेको छ।

सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्। उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्। विश्वभर चम्किरहेका सन्दीपमाथि एक बज्रपात आइपरेको छ। जस सिंगो नेपाली क्रिकेट नै हल्लिएको छ। सन्दीप नेपाली टिमका एक मुख्य खेलाडी हुन्।

उनी नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्। नेपाललाई अप्ठ्यारो परेको बेला सन्दीपले विकेट लिँदै खेलमा फर्काएका धेरै उदाहरण छन्। ब’लात्’कार आ’रो’पमा नेपाल प्रहरीले प’क्रा’उ पूर्जी जारी गरेसँगै क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट हटाउन बाध्य भएको हो।

त्यसैले अब नेपाललाई अर्को कप्तानको खोजी गर्नुपर्ने भएको छ। सन्दीप नि’लम्’बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था कम देखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ। नेपाली क्रिकेटको नयाँ कप्तान बन्ने लिष्ट तीनजना अग्रस्थान छन्। जसमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल छन्।

मल्लले यसअघि पनि नेपाली क्रिकेट टिमको कप्तानी गरिसकेका छन्। कप्तानीका रूपमा ज्ञानेन्द्रको रेकर्ड अरुभन्दा राम्रो छ। उनले नेपालका लागि १० वटा एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गरेका छन्। जसमा ६ जित र ४ खेलमा नेपाल हार ब्यहोरेको छ। टी–२० अन्तर्राष्ट्रियमा पनि उनको कप्तानीको रेकर्ड राम्रो छ। उनले १२ म्याचमा कप्तानी गरेका छन्। जसमा नेपाल ९ खेलमा विजयी भएको छ। ३ म्याचमा भने पराजित भएको छ।

मल्लले नेपाली टिमका कमब्याक पनि गरिसकेका छन्। उनले हालै केन्या भ्रमणमा राम्रो प्रदर्शन पनि गरेका थिए। नयाँ कप्तानका लागि मल्लको सम्भावन पनि छ। मल्ललाई कप्तान बनाउने वा नयाँ खेलाडीलाई मौका दिने त्यो भने क्यानको हातमा छ।

कप्तानको दोस्रो विकल्प दीपेन्द्रसिंह ऐरी हुन्। उनी नेपाली क्रिकेट टिमका मुख्य अलराउण्ड हुन्। नेपालाई बलिङ, ब्याटिङ र फिल्डिङबाट योगदान दिन सक्ने खेलाडी हुन्। उनीसँग कप्तानीको अनुभव पनि रहेको छ। उनले यू–१९ टिमको कप्तानी गरिसकेको छ। उनको कप्तानीमा नेपालले भारतीय यू–१९ टिमलाई हराएको थियो। नेपालमा हुने घरेलु प्रतियोगितामा पनि उनले कप्तानी गर्ने गरेका छन्। उनी टिमका सिनियर खेलाडी पनि हुन

तेस्रो विकल्प वर्तमान उपकप्तान रोहितकुमार पौडेल हुन्। २० वर्षीय रोहितले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले हालै सन्दीपको अनुपस्थितिमा केन्यासँगको एकदिवसीयमा कप्तानी गरेका थिए। त्यसपछि उनको कप्तानीको धेरैले प्रशंसासमेत गरेका थिए। उनको कप्तानीमा नेपालले केन्याविरुद्धका तीन म्याच जितेको थियो। रोहितका साथै कप्तान बन्नेको सूचीमा अलराउन्डर सोमपाल कामी र करण केसीको पनि सम्भावना छ। सोमपालसँग घरेलु प्रतियोगितामा कप्तानी गरेको अनुभव छ। उनले आफ्नो कप्तानीमा गत संस्करणको ईपीएलको उपाधि समेत जिताएका थिए।

नेपाललाई अहिले एकदिवसीय मान्यता जोगाउनेपर्ने चुनौती छ। नेपालले विश्वकप लिग–२ मा खराब प्रदर्शन गरिरहेको छ। त्यसैमा सन्दीपमाथिको निलम्बनले थप चुनौती थपिएको छ।लिग–२ मा नेपालले हालसम्म कूल २० म्याच खेलेको छ। जसबाट नेपालले १७ अंक जोडेको छ। र, नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ।

नेपालले विश्वकप लिग–२ मा अझै १६ खेल खेल्न बाँकी छ। नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा नोभेम्बर अन्त्यतिर नामिबियामा विश्वकप लिग–२ को त्रिकोणात्मक वानडे अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ। जहाँ नेपाल, नामिबिया र स्कटल्याण्ड रहने छन्। ७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ।

लिग–२ मा एक टिमले कूल ३६ म्याच खेल्नेछन्। ओमानले सबै खेल खेलिसकेको छ। ओमान ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड दोस्रो र नामिबिया पाँचौं स्थानमा रहँदा यूइई चौथो, अमेरिका तेस्रो र पपुवा न्युगिनी सातौं स्थानमा छन्।

Leave A Reply

Your email address will not be published.