अमेरिकामाथि नामिबियाको फराकिलो जित, रोमाञ्चक बन्दै अंक तालिका

काठमाडौं।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नामिबिया ७९ रनले विजयी भएको छ। बिहीबार अमिनी पार्क, पोर्ट मोरेस्बीमा भएको खेलमा नामिबियाले दिएको १ सय ७७ रनको लक्ष्ष् पछ्याएको अमेरिकाले ३१.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो।

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै, गजानन्द सिंहले १५ र स्टिभन टेलरले ११ रन बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नामिबिया लागि जान फ्रेलिङ्क र बर्नार्ड स्कोलट्जले ३–३ तथा जन निकोल लोफ्टी–इटनले २ र रुबेन ट्रम्पलम्यानले १ विकेट लिए। एक विकेट रनआउटको रूपमा प्राप्त भयो।

त्यसअघि टस जितेर पहिले ब्याटिङको मौका पाएको नामिबियाले ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उसका लागि दिवान लाककले सर्वाधिक रन बनाए। उनले ६६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४८ रन बनाएका हुन्। यस्तै, कप्तान गेर्हार्ड इरास्मसले २७, स्टेफन बार्डले २५, जान फ्रेलिङ्कले २२, बर्नार्ड स्कोलट्जले अविजित १७ र रुबेन ट्रम्पलम्यानले १६ रनको योगदान दिए।

अमेरिकाका लागि सौरभ नेत्रावलकर, नोस्थुश केन्जिगे र स्टिभन टेलरले २–२ तथा गजानन्द सिंह, क्यामरन स्टिभेन्सन र निसर्ग पटेलले १–१ विकेट लिए। यस जितसँगै नामिबियाले थप २ अंक जोडेको छ। उसले १९ म्याचमा १० मा जित र ९ मा हार ब्यहोरेको छ। २० अंकका साथ नामिबिया पाँचौं स्थानमा रहेको छ।

अमेरिका ३१ खेलमा २९ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उसले १३ म्याच जित्दा १५ खेल हारेको छ। विश्वकप लिग–२ मा नेपाल अंक तालिको छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म २० म्याच खेलेको छ। जसमा नेपालले ८ मा जित र ११ खेलमा हार बेहोरेको छ। नेपालले एक खेल बराबरी खेलेको छ।

७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ। पपुवा न्युगिनीमा आइतबारबाट सुरु यस त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको साथै अमेरिका तथा नामिबिया सहभागी रहेका छन्।

लिग–२ मा एक टिमले कूल ३६ म्याच खेल्नेछन्। ओमानले सबै खेल खेलिसकेको छ। ओमान ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहँदा यूएई चौथो नम्बरमा छ। पपुवा न्युगिनीले २२ खेलमा ५ अंकसहित पुछारमा रहेको छ। जसमा उसले २ म्याच जित्दा एक खेलमा अंक बाँडेको छ।

अंक तालिका :

Leave A Reply

Your email address will not be published.