नेपाल र बंगलादेशको म्याचको तोकियो टिकट मूल्य, यस्तो छ खेल हुने मिति

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ। एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ।

मैत्रीपूर्ण खेल फिफा डेअन्तर्गत हुनेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ।

मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ। एन्फाका अनुसार नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आइपुग्नेछ। मैत्रीपूर्ण खेलका लागि नेपालले कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ।

 

३० सदस्सीय नेपली टोली :

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की। डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट। फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ।

नेपालले भारतसँग खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक थापा

नेपालमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गतका सेमिफाइनका दुई खेल शुक्रबार हुँदैछन्। नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुने भएको हो। नेपाल र भारतबीचको सेमिफाइनल खेल शुक्रबार बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

नेपाल भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। पाहुना टोली भारत पनि नेपाललाई हराउने लक्ष्यमा हुनेछ। साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन। भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ।

नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन्। भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा पुर्‍याउने लक्ष्यमा छन् थापा।

शुक्रबार हुने सेमिफाइनल खेल सन् २०१६ को पुनरावृत्तिकै रुपमा छ। सेमिफाइनलमा नेपालले सामना गर्ने प्रतिद्वन्द्वी मात्र होइन, नेपालका प्रशिक्षकसमेत एउटै हुन् उनै थापा। ‘२०१६ मा भएको घटना हाम्रो विगत हो । त्यो अवस्था छैन अहिले,’ उनले भने, ‘सबै कुरा नयाँ र फरक भइसकेको छ। हिजो भएको कुरा सच्चाउन त म सक्दिनँ, तर अब हुने खेलमा नेपाल कमजोर पर्दैन।’

सिलगुढीमा २०१६ को सेमिफाइनलमा भारतसँग नमिठो हार व्यहोरेका उनले यसपाली इतिहास तोड्ने आधार खेलाडीको क्षमता र घरेलु दर्शकको साथलाई मानेका छन्। भन्छन्, ‘यस पटक २०१६ को इतिहास दोहोरिदैन यसमा म विश्वस्त छु।’

दोस्रो पटक साफका लागि राष्ट्रिय महिला टिमको जिम्मा पाएलगत्तै उनले नयाँ जीवन भन्दै यो मौका खेर नफाल्ने बताएका थिए। ‘अहिले हाम्रा खेलाडीहरुमा आत्मविश्वास छ,’ उनी भन्छन्, ‘साफले नेपाल ल्याएको ट्रफी हामी अन्य देशमा लैजान दिँदैनौं भन्ने लक्ष्यका साथ नै हामी मैदानमा उत्रिएका छौं र उत्रिने छौं।’

२०१६ यता धेरै सुधार भएको र फुटबलमा सधैं एउटा टिम सधैं बलियो र अर्को सधैं कमजोर भन्ने नरहने उनले बताए। नेपाली टिममा सुधार भएको र आफूमा पनि रणनीतिक हिसाबले निखार आएको हुनाले नेपाली टिम र आफू कमजोर नरहेको उनी दाबी गर्छन्।

उनले राष्ट्रिय महिला टिमलाई नियालेको नौ हप्ता भयो। यसबीच खेलाडीको मनोबल निकै बलियो रहेको महसुस भएको भन्दै प्रशिक्षक थापाले भनेका छन्, ‘नेपाली खेलाडी आत्तिएका छैनन्, उनीहरु घरेलु मैदानमा उपाधि राख्ने भोकका साथ खेलेका छन्। यसपटक केही राम्रो नै हुनेछ।’

मंगलबारको खेलमा बंगलादेशसँग ३–० को हार व्यहोरेपछि भारत समूह ‘ए’ को उपविजेता बन्यो र नेपालसँगको सेमिफाइनल भेट पक्का भयो। बंगलादेशसँगको त्यो हारलाई भारतीय प्रशिक्षक सुरेनकुमार क्षेत्रीले नेपालसँगको खेलका लागि टिम बलियो बनाउने मौका भनेका छन्। मंगलबारको खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको घरेलु मैदानमा नेपालसँगै खेल्नु हाम्रो लागि कम चुनौतीपूर्ण हुँदैन तर हामी अझ बलियो भएर सेमिफाइनल खेल्नेछौं।’

नेपाल राम्रो टोली रहेको र नेपाल एक ‘फुटबल हब’ भएको राष्ट्र भएका कारण नेपाली भूमिमा नेपालसँग खेल्न कठिन रहने उनले बताए। पहिलो सेमिफाइनलमा १ बजे समूह ‘ए’ को विजेता टिम बंगलादेश र समूह ‘बी’को उपविजेता टिम भुटानबीच प्रतिस्पर्धा हुनेछ।

Leave A Reply

Your email address will not be published.