फाइनल खेल्नुअघि नेपालका लागि ठूलो खुसीको खबर

काठमाडौं ।

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउँदैछ। नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन्।

महिला साफको १२ वर्षे इतिहासमा पहिलोपटक नयाँ च्याम्पियन राष्ट्र थपिने भएको हो। सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो। यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १–० गोलले हरायो।

अब फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन्। फाइनल म्याच सोमबार हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।

१२ वर्षे इतिहासमा पहिलोपटक भारत फाइनल पुग्न सकेन। यसअघि चारपटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो। यस्तै एकपटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो।

पाँचपटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ। यसअघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो। नेपालले महिला साफको फाइनल पाँचौंपटक खेल्दैछ। बंगलादेशले भने दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।

बंगलादेशसँग खेल्नुअघि नेपालका लागि एउटा खुसीको खबर छ। भारतविरुद्धको सेमिफाइनल नेपाली टिमकी सावित्रा भण्डारी ‘साम्बा’ खेलिनन्। बेन्चमा भए पनि उनी मैदानमा भने मौका पाइनन्।

अब भने साम्बाले पूर्णरूपमा स्वास्थ्यलाभ गरेकी छिन्। यसका साथै उनी प्रशिक्षणमा फर्किएकी छन्। यससँगै उनले अब फाइनल खेल्ने सम्भावना प्रवल देखिन्छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार राति शेयर गरेको ट्रेनिङ सेसनका तस्वीरमा सावित्रा अभ्यास गरिरहेको देखिन्छ। उनी पूर्णरूपमा स्वस्थ देखिएकी छन्। यो नेपालका लागि खुसीको कुरा हो। सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

हेर्नुस् साम्बाले अभ्यास गरिरहेका केही तस्वीरहरू :

Leave A Reply

Your email address will not be published.