काठमाडौं।
बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज आइतबार चौंथो तथा अन्तिम खेल खेल्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।
समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने दोस्रो जितको खोजीमा रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
नेपाल र बंगलादेशबीचको यस्तो छ ‘हेड टु हेड’ नतिजा
दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउँदैछ। नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन्।
महिला साफको १२ वर्षे इतिहासमा पहिलोपटक नयाँ च्याम्पियन राष्ट्र थपिने भएको हो। सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो। यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १–० गोलले हरायो।
अब फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन्। फाइनल म्याच सोमबार हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।
१२ वर्षे इतिहासमा पहिलोपटक भारत फाइनल पुग्न सकेन। यसअघि चारपटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो। यस्तै एकपटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो।
पाँचपटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ। यसअघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो। नेपालले महिला साफको फाइनल पाँचौंपटक खेल्दैछ। बंगलादेशले भने दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।
अन्तर्राष्ट्रिय म्याचमा बंगलादेशमाथि नेपाल हाबी हुँदै आएको छ। अहिलेसम्म बंगलादेशले नेपाललाई हराउन सकेको छैन। नेपाल र बंगलादेशबीच अहिलेसम्म कूल ८ वटा म्याच भएका छन्। जसमा नेपालले ६ खेल जितेको छ। दुई म्याच भने बराबरीमा सकिएका छन्।