पीएसजीको रोमाञ्चक जित, यी खेलाडी बने जितका हिरो

काठमाडौं।

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १-० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले निर्णायक गोल गरे। खेलको पाँचौं मिनेटमा नेयमारको पासमा उनले गोल गरेका हुन्।

यस जितसँगै पीएसजी शीर्ष स्थानमा उक्लिएको छ। पीएसजीले ८ खेलमा २२ अंक जोडेको छ । लियोन १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बीमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २-१ गोल अन्तरले हराएको हो । एट्लेटिकोको मैदानमा रियललाई जित दिलाउन रोड्रिगो र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे ।

घरेलु टोलीका लागि मारियो हेर्मोसोले एक गोल फर्काए। खेलको १८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

३६ औं मिनेटमा फेडेरिकोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।

त्यसपछि खेलको ८३ औं मिनेटमा एट्लेटिकोका मारियोले गोल गरेपनि रियल २-१ ले विजयी भयो ।

यस्तै खेलको इन्जुरी समयमा गोलकर्ता मारियोले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १८ अंक जोडेको छ । एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यसैगरी इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टरलाई उडीनेजेले ३-१ गोल अन्तरले हराएको हो । उडीनेजेको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा इन्टरले हार व्यहोरेको हो।

उडीनेजेलाई जित दिलाउन जाका बिजोल र टोल्गे अर्स्लानले एक एक गोल गरे । इन्टरका मिलान स्क्रिनियरले आत्मघाती गोल गरे ।

यस्तै निकोलो बरेलाले एक गोल फर्काए । जितसँगै उडीनेजेले ७ खेलमा १६ अंक जोडेको छ । उडीनेजे दोस्रो स्थानमा उक्लिएको छ । इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.