बंगलादेशसँग खेल्नुअघि नेपाली टिममा थपियो ठूलो खुसीको खबर

काठमाडौं।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्दै छ। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ। म्याच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ।

मैत्रीपूर्ण खेल फिफा डेअन्तर्गत हुनेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्यसमेत तय गरिसकिएको छ। एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको छ। मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ। एन्फाका अनुसार नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आइपुग्नेछ। नेपालले गत जुनमा कुवेतमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाली पुरुष फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएकोमा नेपालले ७ र बंगलादेशले १३ खेल जितेका छन्। ३ खेल भने बराबरी भएको छ। नेपाल र बंगलादेशबीच पछिल्लो पटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको भेट १–१ को बराबरीमा सकिएको थियो। मैत्रीपूर्ण खेलका लागि नेपालले कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ।

प्रशिक्षणमा रहेको नेपाली टिमका लागि एउटा खुसीको खबर छ। टिमका चर्चित डिफेन्डर रोहित चन्द म्याचका लागि नेपाल आउने भएका छन्। रोहित लामो समयदेखि इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आइरहेका छन्। सोमबार रोहितले आफू नेपाल फर्किरहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका हुन्। रोहित आउने भएसँगै नेपालको डिफेन्स लाइन थप बलियो हुने भएको छ।

३० सदस्सीय नेपली टोली :

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की। डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट। फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ।

Leave A Reply

Your email address will not be published.