काठमाडौं।
कतार विश्वकप अघि अर्जेन्टिनाले दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अर्जेन्टिनाले फिफा विश्वकपको तयारी स्वरूप दुई मैत्रीपूर्ण म्याच खेल्न लागेको हो। अर्जेन्टिनाले खेल्ने दुवै मैत्रीपूर्ण म्याच अमेरिकामा हुने भएका छन्।
अर्जेन्टिनाले खेल्ने पहिलो खेल आउँदो शनिबार खेल्दैछ। अर्जेन्टिनाले पहिलो खेल होन्डुरसविरुद्ध खेल्ने तालिका छ। अर्जेन्टिना र होन्डुरसबीचको खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ। खेल हार्ड रक स्टेडियममा हुने बताइएको छ।
अर्जेन्टिनाले दोस्रो म्याच २८ सेप्टेम्बरमा जमैकाविरुद्ध खेल्ने तालिका रहेको । यो खेल पनि नेपाली समयअनुसार बिहान ५ः४५ बजे सुरु हुनेछ। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मंसिर ४ गते अर्थात् २० नोभेम्बरबाट सुरु हुँदैछ।
कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्। हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ।
अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ। लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।
अर्जेन्टिना कतार विश्वकपको समूह ‘सी’ मा छ। यस समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन्। अर्जेन्टिनालाई विश्वकपको उपाधि दावेदारको रूपमा समेत हेरिएको छ। अर्जेन्टिनाले अहिलेसम्म दुईपटक फिफा विश्वकप जितिसकेको छ।
आर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो। कतार विश्वकपमा अर्जेन्टिनाले आफ्नो पहिलो म्याच २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्दैछ। म्याच नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। त्यसपछि अर्जेन्टिनाले दोस्रो खेल मेक्सिकोसँग खेल्ने तालिका छ।
उक्त म्याच २७ नोभेम्बरमा हुनेछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। समूह चरणको तेस्रो म्याचमा अर्जेन्टिनाले १ डिसेम्बरमा पोल्याण्डसँग खेल्दैछ। यो म्याच पनि नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि नै सुरु हुनेछ।