कुशलले पाकिस्तानमा खेल्ने लिगको खेल तालिका सार्वजनिक [तालिकासहित]

काठमाडौं।

नेपालका अलराउण्डर कुशल मल्लले खेल्ने पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)को खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक खेल तालिका अनुसार पीजेसीएल ६ अक्टोबर देखि २१ अक्टोबरसम्म हुनेछ।

प्रतियोगितामा कुल १९ खेल हुनेछ। यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ। लिगका सम्पूर्ण खेल लाहोरमा हुनेछ। पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको हो।

कुशल आवद्ध शार्कको पहिलो खेल ८ अक्टोबरमा रावलपिण्डी राईडर्ससँग रहेको छ। यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरूले खेल्ने छन्। १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्।

कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागी रहेका थिए।

खेल तालिका :

आईसीसीले दियो सन्दीपलाई ठूलो झड्का 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले देश बाहिर रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले देश बाहिर रहेका सन्दीपलाई झड्का दिएको छ।

सन्दीपको आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ। टी–२० बलिङतर्फको वरीयता खस्किएको हो। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झरेका छन्। उनी ६२ औँ स्थानमा पुगेका छन्। यसअघि उनी ६१औँ स्थानमा रहेका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको आईसीसी ब्याटिङ वरीयता सुधार भएको छ।

आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा कुशल ५१औं तथा दीपेन्द्र ५८औं स्थानमा रहेका हुन्। दीपेन्द्र अलराउण्डर वरीयताको १०औं स्थानमा कायमै रहेका छन्।

ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन्। बलिङमा जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन्।

Leave A Reply

Your email address will not be published.