नेपाली फुटबल टोलीको घोषणा हुँदै, यस्तो छ सम्भावित टिम

काठमाडौं ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा आज बिहीबार हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गर्ने छन् । पत्रकार सम्मेलन अपरान्ह ३ बजे हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका नेपाली टोली :

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की। डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट। फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ

यस्तो छ सम्भावित टिम :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यू ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र ऋतिक खड्का।

‘सी’ डिभिजन लिग छनौट आजबाट
सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ‘ए’ को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल ३:३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।

हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

Leave A Reply

Your email address will not be published.