घानामाथि ब्राजिलको शानदार जित, यी खेलाडीले गरे गोल

काठमाडौं।

मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ। शनिबार भएको मैत्रीपूर्णमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे । खेलको नवौं मिनेटमा मार्क्विन्होसको गोलबाट ब्राजिलले सुरुआती अग्रता बनाएको थियो ।

२८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ३९ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।

यसैगरी यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ। समूह चरण अन्तर्गत शुक्रबार राति जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो ।

हंगेरीलाई जित दिलाउन एडम सजलाईले निर्णायक गोल गरे। खेलको १७ औं मिनेटमा एडमले निर्णायक गोल गरेका थिए ।

यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ। लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ। जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

इटालीसँग पराजित इंग्ल्यान्ड रेलिगेसनमा

यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड पराजित भएको छ।समूह चरण अन्तर्गत शुक्रबार राति इंग्ल्यान्डलाई इटालीले १-० गोल अन्तरले हराएको हो । इटालीको जितमा जियाकोमा रास्पाडोरीले निर्णायक गोल गरे ।

उनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्। यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोडेको छ ।

इटाली लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ ।

Leave A Reply

Your email address will not be published.