नेपाली क्रिकेटका लागि थपिँदै ठूलो खुसीको खबर

काठमाडौं।

नेपाली क्रिकेट टिम र समर्थकका लागि ठूलो खुसीको खबर थपिँदै छ। नेपाल र बंगलादेश ‘ए’ बीच एकदिवसीय क्रिकेट सिरिज खेलाउने प्रस्ताव गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेश क्रिकेट बोर्डलाई एकदिवसीय सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो।

क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकदिवसीय सिरिज खेल्ने प्रस्ताव गरिएको बताए। तर सिरिज खेल्ने पक्का भने भइसकेको छैन।

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले खाली छ। असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने नेपाल टी–२० लिग स्थगित भएपछि क्रिकेट टिम खाली अवस्थामा रहेको हो। सुरक्षा कारण देखाउँदै नेपाल टी–२० लिग आगमी डिसेम्बरसम्मलाई स्थगित गरिएको छ।

जसका कारण क्यानले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेलाउने प्रस्ताव गरिएको हो। क्यानले कात्तिक दोस्रो सातादेखि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आयोजना गर्दैछ। त्यसअघि नै बंगलादेशसँग सिरिज गर्नका लागि क्यानले तयारी गरिरहेको छ।

बंगलादेश टेस्ट राष्ट्र हो। टेस्ट राष्ट्रको ‘ए’ बलियो नै हुने गर्छ। नेपालले यसअघि गत वैशाखमा जिम्बाब्वे ‘ए’ टिमसँग तीन टी–२० र तीन म्याचकाृ एकदिवसिय सिरिज खेलेको थियो। तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।

अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित, रोमाञ्चक बन्यो सिरिज

घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । यस जितसँगै ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ ।

पाहुना टोलीले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए । दिनेश कार्तिकले अविजित १० रन बनाए ।

भ्रमणकारी टोलीका लागि एडम जाम्पाले ३ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षाका कारण खेल ८ ओभरमा घटाईएको थियो ।

अष्ट्रेलियाका लागि म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन तथा स्टेभन स्मिथले ८ रन बनाए। भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।

यस्तै, पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा शुक्रबार राति भ्रमणकारी टोलीले पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो। यस जितसँगै इंग्ल्यान्डले घरेलु टोलीविरुद्धको ७ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पाकिस्तानका लागि शान मसुदले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । खुसदिल शाहले २९ तथा मोहम्मद नवाजले १९ रन बनाए । पाहुना टोलीका लागि मार्क उडले ३ तथा आदिल रसिद २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि बेन डुकेट र ह्यारी ब्रुक्सले अर्धशतकीय ईनिङ खेले । डुकेटले ४२ बलमा ७० रन तथा ब्रुक्सले ३५ बलमा ८१ रन बनाए । दुबै खेलाडी अविजित रहेका थिए ।

विल ज्याक्सले २२ बलमा ४० रन तथा डेभिड मलानले १४ रन बनाए । घरेलु टोलीका लागि उस्मान कादिरले २ तथा मोहम्मद हुसाईनले १ विकेट लिए । दुई टोलीबीचको चौथो टी-ट्वान्टी आइतबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.