यी थप २ टिमको चम्कियो भाग्य, खेल्ने भए टी–२० विश्वकप

काठमाडौं।

थप दुई टिमले टी–२० विश्वकप क्रिकेटमा स्थान पक्का गरेका छन्। बंगलादेश तथा आयरल्याण्डले आठौं संस्करणको आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा स्थान पक्का गरेका हुन्। शुक्रबार भएको खेलमा आयरल्याण्डले जिम्बाबे तथा बंगलादेशले थाइल्याण्डलाई छनोट प्रतियोगिताको सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै विश्वकपमा छनोट भएका हुन् ।

आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुदैछ । पहिलो सेमिफाइनलमा आयरल्याण्डले रोमाञ्चक भिडन्तमा जिम्बालेलाई जम्मा ४ रनले पराजित गरेको थियो ।

आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३३ रनमात्रै बनाउन सक्यो । जेन मेगिरले ४ ओभरको स्पेलमा १८ रन दिएर २ विकेट लिएकी उनी प्लेयर अफ द म्याच बनिन् ।

उता दोस्रो सेमिफाइनलमा खेलमा बंगलादेशले थाइल्याण्डविरुद्ध ११ रनको जित निकालेको थियो । यस्तै बंगलादेशले पहिला ब्याटिङ गर्दा ५ विकेट गुमाएर ११३ रनमात्रै बनाएको थियो । तर थाइल्याण्डको टिम भने ६ विकेट गुमाएर १०२ रनमा रोकिन पुग्यो ।

आठ टोली सहभागी रहेको यस प्रतियोगितामा फाईनल पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुने नियमअनुसार आयरल्याण्ड तथा बंगलादेशले सो अवसर पाएका हुन् । यस विश्वकपको डिफेन्डिङ च्याम्पियन टोली अष्ट्रेलिया रहेको छ ।

नेपाली क्रिकेटका लागि थपिँदै ठूलो खुसीको खबर

नेपाली क्रिकेट टिम र समर्थकका लागि ठूलो खुसीको खबर थपिँदै छ। नेपाल र बंगलादेश ‘ए’ बीच एकदिवसीय क्रिकेट सिरिज खेलाउने प्रस्ताव गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेश क्रिकेट बोर्डलाई एकदिवसीय सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो।

क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकदिवसीय सिरिज खेल्ने प्रस्ताव गरिएको बताए। तर सिरिज खेल्ने पक्का भने भइसकेको छैन।

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले खाली छ। असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने नेपाल टी–२० लिग स्थगित भएपछि क्रिकेट टिम खाली अवस्थामा रहेको हो। सुरक्षा कारण देखाउँदै नेपाल टी–२० लिग आगमी डिसेम्बरसम्मलाई स्थगित गरिएको छ।

जसका कारण क्यानले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेलाउने प्रस्ताव गरिएको हो। क्यानले कात्तिक दोस्रो सातादेखि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आयोजना गर्दैछ। त्यसअघि नै बंगलादेशसँग सिरिज गर्नका लागि क्यानले तयारी गरिरहेको छ।

बंगलादेश टेस्ट राष्ट्र हो। टेस्ट राष्ट्रको ‘ए’ बलियो नै हुने गर्छ। नेपालले यसअघि गत वैशाखमा जिम्बाब्वे ‘ए’ टिमसँग तीन टी–२० र तीन म्याचकाृ एकदिवसिय सिरिज खेलेको थियो। तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।

Leave A Reply

Your email address will not be published.