काठमाडौं।
नेपाल टी–२० लिगको पहिलो संस्करणको नयाँ मिति घोषणा भएको छ। नेपाल टी–२० लिग आगामी मंसिर २६ गतेबाट सुरु हुने भएको हो। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।
क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।
प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अल स्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् । यस अघि प्रतियोगिता असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो ।
तर, सुरक्षाको कारण क्यानले मंसिरसम्मका लागि सारेको थियो। प्रतियोगिताका लागि क्यानले ड्राफ्ट गरिसकेको छ । जसबाट सहभागी ६ टोलीले मार्की र विदेशी सहित सबै खेलाडी अनुबन्ध गरिसकेको छ।
कुन टिममा को–को खेलाडी छन्?
काठमाडौं कान्तिपुर – थिसरा परेरा, दर्शनप्रिया विराकोडी, कामिन्दु मेन्डिस, भिरन्दिप सिंह, धनन्जय डी सिल्भा। नेपाली खेलाडी- ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम, बसिर अहमेद, कमलसिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी
लुम्बिनी अल स्टार्स – बेन कटिङ, राखिम कोर्नवाल, पाट ब्राउन, विपुल शर्मा, लाहिरु मिलान्था, नुवान तुशारा। नेपाली खेलाडी- दीपेन्द्रसिंह ऐरी (मार्की), अनिल शाह,कुशल भुर्तेल, गुल्सन हा, सागर ढकाल, योगेन्द्र सिंह कार्की, किशोर महतो,तिलक राज भण्डारी, सुनिल धमला, आकाश चन्द, सिहं पाण्डे
विराटनगर सुपर किङ्स- एन्जेलो म्याथ्युज, जोसुवा पेरसाउड, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, मिनोद रानासिन्हे, किओन जोसेप । नेपाली खेलाडी – खेलाडी रोहित कुमार पौडेल (मार्की), अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल
जनकपुर रोयल्स – एडम ल्याथ, ट्रेभोन अबाशाई, इब्राहिम जाड्रन, राज रोकी नानन, सुभसिंगे प्रियन्जा ।नेपाली खेलाडी – सोमपाल कामी (मार्की), सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी
पोखरा एभेन्जर्स – मोहमद हाफिज, सिकेगु प्रसना, निरोशन डिक्वेला, सलमान इर्शाद, शेहन मधुशनका । नेपाली खेलाडी – आसिफ शेख (मार्की), शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी
फारवेस्ट युनाईटेड – कार्लोस ब्रेथवेट, डुशन हेमान्था, पुलिना थरंगा, जासोन मोहमद, अल्लाह घाजनफार, जिया उल रेहमान । नेपाली खेलाडी- करण केसी (मार्की), विनोद भण्डारी, भिम सार्की, देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरि शंकर शाह, शेर मल्ल, बसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी