फिफा विश्वकपअघि लयमा अर्जेन्टिना, निकाल्यो अर्को शानदार जित

काठमाडौं।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ। बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे ।

जुलियन अल्भारेजले एक गोल गरे । खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए। विश्वको तयारी स्वरूप अर्जेन्टिनाले मैत्रीपूर्ण म्याच खेलेको हो।

यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले फराकिलो जित निकालेको छ। बुधबार भएको खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले हराएको हो। खेलको ११ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा मोन्स्टासार ताल्बीले गोल गर्दै ट्युनिसियालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको १९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । २९ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिलको अग्रता ३-१ को बनाए । खेलको ४० औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिल ४-१ ले अघि रह्यो ।

४२ औं मिनेटमा ब्रोनले रातो कार्ड पाएपछि ट्युनिसिया १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ७४ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिललाई ५-१ को जित दिलाए ।

Leave A Reply

Your email address will not be published.