सिरिज खेल्ने अष्ट्रेलियाको टिम घोषणा, यी चार स्टारले गरे ‘कमब्याक’

काठमाडौं।

अष्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी–२० सिरिजका लागि टोलीको घोषण गरेको छ। बुधबार आरोन फिन्चको कप्तानीमा घरेलु टोली अष्ट्रेलियाले १६ सदस्यीय टोलीको घोषणा भएको हो।

अष्ट्रेलिया र वेस्ट इण्डिजबीच दुई खेलको टी–२० सिरिज हुनेछ। दुई टोलीबीचको खेल ५ तथा ७ अक्टोबरमा रहेको छ। आगामी महिना सुरु हुने टी–२० विश्वकपअघि अष्ट्रेलियाका लागि यो शृंखला महत्वपूर्ण हुनेछ।

अष्ट्रेलियाका टिम चयनकर्ताले भारतमा हालै सम्पन्न तीन खेलको सिरिजमा टिममा नरहेका चार खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेका छन्। मार्कस स्टोइनस, डेविड वार्नर, मिचेल मार्श तथा मिचेल स्टार्कले टोलीमा पुनरागमन गरेका छन्।

तीव्र गतिका बलरद्वय नाथन एलिस र केन रिचर्डसन तथा स्पिनर एस्टन अगरलाई आराम दिइएको छ। अष्ट्रेलिया टोलीमा आरोन फिन्च (कप्तान), शेन एबोट, प्याट कमिन्स, टिम डेविड, क्यामरन ग्रीन र जोश हेजलवुड छन्।

यस्तै, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, ड्यानिल साम्स, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेविड वार्नर र एडम जाम्पाले टिममा मौका पाएका छन्। टिम डेविड, म्याक्सवेल, वेड, ग्रीन, वार्नर, स्टोइनिसजस्ता हिटर हुँदा अष्ट्रेलियाको टोली निकै मजबुद बनेको छ।

Leave A Reply

Your email address will not be published.