सन्दीपका लागि आईसीसीबाट आयो नयाँ खबर

काठमाडौं।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ।

आईसीसीले अपडेट गरेको टी–२० नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा दीपेन्द्र ५९औं स्थानमा उक्लिएका हुन्। ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत रहेको छ। नयाँ वरीयतामा कुशल ५४औं स्थानमा यथावत रहेका छन्।

बलिङतर्फ सन्दीप लामिछाने एक स्थान सुधार गरेका छन्। उनी ६१ औं स्थानमा उक्लिएका छन्। दीपेन्द्र अलराउण्डर वरीयताको १०औं स्थानमा कायमै रहेका छन्।

ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन्। बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।

सन्दीप नै फेरि नेपाली टिमको कप्तान बन्ने संकेत 

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले कप्तानविहीन छन्। कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नि’लम्’बन गरेसँगै नेपाली क्रिकेट टिमको कप्तान पद रिक्त रहेको हो। २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो।

क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो। सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो।

जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। एकदिवसीय क्रिकेटमा भने सन्दीपको कप्तानको रेकर्ड खराब छ। उनले १४ खेलमा कप्तानी गर्दा मात्र ४ म्याच मात्रै नेपालले जितेको छ। ९ म्याच हार्दा १ खेल बराबरी खेलेको छ। सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्।

उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्। विश्वभर चम्किरहेका सन्दीपमाथि एक बज्रपात आइपरेको छ। जस सिंगो नेपाली क्रिकेट नै हल्लिएको छ। सन्दीप नेपाली टिमका एक मुख्य खेलाडी हुन्। उनी नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्।

नेपाललाई अप्ठ्यारो परेको बेला सन्दीपले विकेट लिँदै खेलमा फर्काएका धेरै उदाहरण छन्। यसैक्रममा सन्दीपले फेरि नेपाली टिमको कप्तान बन्नेतर्फ संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूले नेपाली टिमलाई विश्वभर चिनाउन भूमिका खेलेको दाबी गर्दै कप्तान बन्ने संकेत गरेका हुन्।

क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ,’ सन्दीपले फेसबूकमा लेखेका छन्, ‘चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महशुस भएको छ।’

‘१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरूलगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ,’ उनले भनेका छन्, ‘म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।’

Leave A Reply

Your email address will not be published.