काठमाडौं।
टी–२० सिरिजको पहिलो म्याचमा दक्षिण अफ्रिकाले भारतलाई १ सय ७ रनको लक्ष्य दिएको छ। तिरुवनन्तपुरममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनायो।
उसका लागि केशव महाराजले ४१, एडेन मारक्रमले २५ र वेन पार्नेलले २४ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। दक्षिण अफ्रिकाका ४ ब्याटर शून्य रनमा आउट भए।
भारतका लागि अर्शदीप सिंहले शानदार बलिङ गरे। उनले ४ ओभरमा ३२ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै दीपक चाहर र हर्षल पटेलले २–२ तथा अक्षर पटेलले १ विकेट लिए।
तीन म्याचको सिरिजमा दुवै टिम उत्कृष्ट सुरुवात गर्न चाहन्छन्। भारत रोहित शर्मा र दक्षिण अफ्रिकाटेम्बा बाभुमाको कप्तानीमा मैदानमा उत्रिएको छ।
सन्दीपका लागि आईसीसीबाट आयो नयाँ खबर
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ।
आईसीसीले अपडेट गरेको टी–२० नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा दीपेन्द्र ५९औं स्थानमा उक्लिएका हुन्। ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत रहेको छ। नयाँ वरीयतामा कुशल ५४औं स्थानमा यथावत रहेका छन्।
बलिङतर्फ सन्दीप लामिछाने एक स्थान सुधार गरेका छन्। उनी ६१ औं स्थानमा उक्लिएका छन्। दीपेन्द्र अलराउण्डर वरीयताको १०औं स्थानमा कायमै रहेका छन्।
ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन्। बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।