आउँदो ‘साफ च्याम्पियनसिप’बारे नेपालको ठूलो घोषणा

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२५ मा महिला र पुरुष टिमले साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ । त्यस्तै सन् २०२७ मा एएफसी कपमा छनोट हुने लक्ष्य पनि राखेको छ । बुधबार बसेको एन्फाको विशेष साधारणसभाले ८ वर्षका लागि फुटबलको योजना र कार्यक्रम बनाएको महासचिव किरण राईले जानकारी दिए ।

एन्फाले महिला र पुरुषका ५००-५०० खेलाडीको ब्याक अपसहितको रणनीति बनाएर अगाडि बढ्ने पनि महासचिव राईले बताए । ‘हामीसँग ब्याकअप नै नभई खेलाडीले गोल हानेको हेर्न खोज्छौं, संघ यसरी चल्दैन’ महासचिव राईले भने ।

एन्फाको चालु आर्थिक वर्षका लागि ९५ करोड रुपैयाँको हुने भएको छ । विशेष साधारण सभाले ९४ करोड ८९ लाख रुपैयाँको आम्दानी र खर्च विवरण अनुमोदन गरेको हो । बजेटको स्रोतमा एन्फाले फिफाबाट ६१ करोड ५० लाख रुपैयाँ प्राप्त हुने, एएफसीबाट ८ करोड ८० लाख र बाँकी आन्तरिक आम्दानी हुने एन्फाले बताएको छ ।

नेपाली फुटबलका लागि थपिँदै ठूलो खुसीको खबर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरु तयार भए डबल लिग गर्न आफु तयार रहेको बताएको छ । बुधबार विशेष साधारण सभा सम्पन्न गरेको एन्फाले क्लबहरु तयार भएको अवस्थामा डबल लिगका लागि आफुहरु तयार भएको बताएको हो ।

बुधबार सम्पन्न एन्फाको साधारण सभाले घरेलु लिग सहित चालू आर्थिक वर्षको कार्यक्रम र बजेटलाई पारित गरेको छ । कार्यक्रम र बजेट पारित भएसँगै एन्फालाई चालू आर्थिक वर्षमा संघका कार्यक्रम र खर्च गर्ने बाटो खुलेको छ ।

एन्फाले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । विशेष साधारण सभाले त्यस निर्णयलाई अनुमोदन गरेको छ। तर लिगको ढाचाको विषयमा स्पष्ट खाका आईसकेको छैन । एन्फा र क्लबहरु नयाँ लिगको विषयमा निरन्तर छलफलमा छन् ।

‘अहिलेलाई सिंगल राउण्ड रोबिनमै ‘विकेन्ड लिग’ गर्ने प्रस्ताव छ । क्लबहरुसँग छलफलमै छौं ।’ एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले भने, ‘क्लबहरु तयार भएको खण्डमा डलब राउण्ड रोबिनमै लिग गर्न सक्छौं ।’

एन्फाले अहिले विभिन्न विकल्पमा क्लबसँग छलफल गरिरहेको छ । मिश्रका अनुसार सिंगल राउण्ड रोबिन पश्चात शीर्ष ७ क्लबको पुन एक राउण्ड लिग गर्ने प्रस्तावमा समेत छलफल चलिरहेको बताएका छन् ।

घरेलु फुटबलको व्यवस्थित संरचना नहुँदा लिग झारा टार्ने प्रतियोगितामा सिमिति बन्दै आएको छ । एन्फाको प्रारम्भिक प्रस्ताव अनुसार यसपटक समेत तीन महिने लिगको अवधारणा अघि सारिएको छ । तर एन्फाको प्रस्तावमा ए डिभिजनका केही क्लबले असन्तुष्ट जनाएका छन्।

लिगलाई डबल राउण्ड रोबिनमा लैजान र ‘होम एण्ड अवे’ अवधारणामा खेलाउन क्लबहरुको माग छ । छोटो समयमा लिग हुँदा खेलाडीले समेत वर्षभरी खेल्न नपाउने र तीन महिने लिगका लागि राम्रो प्रायोजक समेत नभेटिने दुख क्लबले भोग्दै आएका छन् । तीन महिने लिग फुटबलमा आफुहरुले समेत राम्रो ‘माइलेज’ नपाउने भन्दै धेरै प्रायोजकहरु क्लबसँग जोडिन आनाकानी गर्ने गरेका छन् ।

लिग निर्देशक मिश्रले क्लबसँग छलफल गरेर आवश्यक निर्णय गरिने बताए। ‘क्लबसँग छलफल गरेर लिगको विषयमा निर्णय हुन्छ । लिगलाई देशब्यापी रुपमा समेत लान खोज्दैछौं ।’ उनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.