टिम डेविडबारे यस्तो भन्छन् एडम गिलक्रिस्ट

काठमाडौं।

अस्ट्रेलियाका महान् क्रिकेटर एडम गिलक्रिस्टले टिम डेविडका बारेमा प्रतिक्रिया दिएका छन्। उनले डेविडले आगामी आईसीसी पुरुष टी–२० विश्वकपमा अस्ट्रेलियाका लागि खेल्नुपर्ने बताएका छन् ।

डेविडले भारतविरुद्धको तीन खेलको टी–२० सिरिजको पहिलो दुई खेलमा १८ र २ रन मात्र बनाएका थिए। २६ वर्षीय डेविडले आइतबार हैदरावादमा भएको सिरिजको अन्तिम खेलमा अर्धशतकीय पारी खेलेका थिए।

अस्ट्रेलियाली महान् खेलाडीलाई हालै मात्र आगामी टी–२० प्रतियोगिताका लागि आफ्नो सर्वश्रेष्ठ अष्ट्रेलिया–११ को नाम घोषणा गर्न भनिएको थियो। फक्स क्रिकेटका कमेन्टेटर गिलक्रिस्टले टिम डेविडको नाम लिँदै भनेका छन्, ‘टिम डेबिडले प्लेइङ–११ मा स्थान पाउनुपर्छ।’

‘विगत १८ महिनामा विश्वभर उनीबाट जे देखेका छौं, त्यो हेर्दा विपक्षी टोलीहरू उनका सामु आउन डराउनेछन्। डेविडको भूमिका टिमका लागि अहम् रहने छ। उनको यस्तो भूमिका हो, जुन अस्ट्रेलियाले कहिल्यै अरु खेलाडीबाट पाउने छैन। उनले केबल १५ वा २० बलमा खेलको रूप नक्सा नै परिवर्तन गर्ने सामर्थ्य राख्नेछन्।’ उनले थपे ।

‘मार्कस स्टोइनिस अहिले दबाबमा रहेर खेलिरहे जस्तो देखिन्छ,’ गिलक्रिस्टले भने, ‘तर मलाई लाग्छ टिम डेभिडले त्यो ११ मा स्थान पाउनुपर्छ।’  एडम गिलक्रिस्टले छानेको अष्ट्रेलियाको उत्कृष्ट प्लेइङ– ११ मा आरोन फिन्च, डेविड वार्नर, मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, म्याथ्यू वेड, टिम डेविड,प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलउड रहेका छन्।

Leave A Reply

Your email address will not be published.