एसियन कप छनोट खेल्ने नेपाली टिम घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यू–१७ को राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । सेप्टेम्बरमा भएको साफ यू–१७ लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

नेपाल साफ यू–१७ मा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो । एएफसीको एसिया कप छनोट खेल्न नेपाली टिम आईतबार प्रस्थान गर्नेछ ।

नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’ मा छ । यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ । समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, श्रृजल राई।

आउँदो ‘साफ च्याम्पियनसिप’बारे नेपालको ठूलो घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२५ मा महिला र पुरुष टिमले साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ । त्यस्तै सन् २०२७ मा एएफसी कपमा छनोट हुने लक्ष्य पनि राखेको छ । बुधबार बसेको एन्फाको विशेष साधारणसभाले ८ वर्षका लागि फुटबलको योजना र कार्यक्रम बनाएको महासचिव किरण राईले जानकारी दिए ।

एन्फाले महिला र पुरुषका ५००-५०० खेलाडीको ब्याक अपसहितको रणनीति बनाएर अगाडि बढ्ने पनि महासचिव राईले बताए । ‘हामीसँग ब्याकअप नै नभई खेलाडीले गोल हानेको हेर्न खोज्छौं, संघ यसरी चल्दैन’ महासचिव राईले भने ।

एन्फाको चालु आर्थिक वर्षका लागि ९५ करोड रुपैयाँको हुने भएको छ । विशेष साधारण सभाले ९४ करोड ८९ लाख रुपैयाँको आम्दानी र खर्च विवरण अनुमोदन गरेको हो । बजेटको स्रोतमा एन्फाले फिफाबाट ६१ करोड ५० लाख रुपैयाँ प्राप्त हुने, एएफसीबाट ८ करोड ८० लाख र बाँकी आन्तरिक आम्दानी हुने एन्फाले बताएको छ ।

Leave A Reply

Your email address will not be published.