काठमाडौं।
भारतका फास्ट बलर जस्प्रित बुमराहले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । ढाडको चोटको कारण बुमराहले अष्ट्रेलियामा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
बीसीसीआईले बुमराहको विषयमा केहि बताएको छैन । तर, उनी करिब ६ महिना मैदान बाहिर रहने बीसीसीआईका उच्च अधिकारीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
चोटको परिक्षण गर्न उनी बैंगलोर प्रस्थान गरेको समेत बताईएको छ ।
टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । अब उनको स्थानमा मोहम्मद शामी र दिपक चहरमध्ये एक खेलाडी मौका पाउने सम्भावना रहेकोे छ।