भारतीय टिममा बुमराहको स्थानमा यी खेलाडीले पाए मौका

काठमाडौं।

जसप्रीत बुमराहको स्थानमा भारतीय टिममा नयाँ खेलाडीलाई बोलाइएको छ। दक्षिण अफ्रिकासँगको बाँकी २ टी–२० सिरिजका लागि बुमराहको स्थानमा मोहम्मद सिराजलाई टिममा बोलाइएको हो।

यसका साथै बुमराहले आईसीसी टी–२० विश्वकप क्रिकेट पनि गुमाउने भएका छन्। ढाडको चोटको कारण बुमराहले अष्ट्रेलियामा आयोजना हुने विश्वकप गुमाउने भएका हुन्।

उनी करिब ६ महिना मैदान बाहिर रहने बीसीसीआईका उच्च अधिकारीले जनाएका छन्। चोटको परिक्षण गर्न उनी बैंग्लोर प्रस्थान गरेको समेत बताइएको छ। टी–२० विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ। भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

रुबिनाको कप्तानीमा पुलिसको टिम घोषणा
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ। पुरुषमा लामो समयदेखि बलियो टोलीको रुपमा रहँदै आएको पुलिसले महिला टोली भने पहिलो पटक बनाएको हो ।

पुलिसले महिला नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।

महिला क्रिकेट पोखरामा आयोजना हुनेछ । नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । नेपाल एपीएफ क्लबको महिला टिम लामो समय देखि घरेलु क्रिकेटमा सक्रिय रहेको छ।

नेपाल पुलिसको टिम : रुबिना क्षेत्री(कप्तान), काजल श्रेष्ठ (विकेट किपर), अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय र शोभा रोकाय।

मुख्य प्रशिक्षक : मन्जित श्रेष्ठ ।

Leave A Reply

Your email address will not be published.