काठमाडौं ।
नेपाली महिला क्रिकेटका लागि खुसीको खबर आएको छ। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय अन्तर्गत महिला क्रिकेट भने असोज २३ गतेदेखि नै सुरु हुनेछ।
राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार महिला क्रिकेट असोज २३ देखि कात्तिक १ गतेसम्म हुने छ । पोखरा रंगशालमा क्रिकेट मैदानमा हुने महिला क्रिकेटमा सात प्रदेश र दुई विभागीय टिम गरी कूल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
समूह ए मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।
असोज २३ गते हुने उद्घाटन खेलमा समूह ए मा रहेका गण्डकी र मधेश प्रदेशबीच हुनेछ । यस्तै सोही दिन सुदूरपश्चम र बागमती प्रदेशबीच पनि खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
दुवै सेमिफाइनल खेल असोज ३१ गते हुनेछ । फाइनल खेल र तेस्रो स्थानका लागि खेल कात्तिक १ गते हुनेछ । नवौं अन्तर्गत पुरुष क्रिकेट भने भदौ अन्तिम साता काठमाडौंमा सम्पन्न भइसकेको छ । जहाँ नेपाल पुलिस क्लबले स्वर्ण र त्रिभुवन आर्मी क्लबले रजत जितेको थियो । यस्तै सुदूरपश्चिमले कास्य जितेको थियो ।
हेर्नुहोस् खेल तालिका