टी–२० विश्वकप जित्ने टोलीले करोडौं पाउने, यी टिमको पनि मालामाल

काठमाडौं।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आसन्न टी–२० विश्वकप क्रिकेटको पुरस्कार राशि घोषणा गरेको छ। आईसीसीले शुक्रबार विश्वकपको पुरस्कार रकम घोषणा गरेको हो। विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएको छ।

जुन २० करोड ८८ लाख ५६ हजार नेपाली रुपैयाँ हुन आउँछ। उपविजेताले ८,००,००० अमेरिकी डलर (नेपाली १० करोड ४४ लाख २२ हजार ४ सय रुपैयाँ) प्राप्त गर्दा सेमिफाइनल पुग्ने टोलीले ४,००,००० अमेरिकी डलर (नेपाली ५ करोड २१ लाख ९२ हजार ३ सय ५२ रुपैंया) पुरस्कार पाउने छन्।

यस्तै, पहिलो चरणबाटै बाहिरिने राष्ट्रले नेपाली ५२ लाख १९ हजार २ सय ५३ रुपैयाँ पाउने छन् भने सुपर १२ बाट बाहिरिने टोलीले ९१ लाख ३२ हजार ८ सय २० रुपैयाँ प्राप्त गर्नेछन्। अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका सुपर–१२ मा स्थान बनाइसकेका छन्।

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ।  विश्वकपमा १६ टिमको सहभागिता रहनेछ।

नेपाली महिला क्रिकेटका लागि आयो ठूलो खुसीको खबर

नेपाली महिला क्रिकेटका लागि खुसीको खबर आएको छ। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय अन्तर्गत महिला क्रिकेट भने असोज २३ गतेदेखि नै सुरु हुनेछ।

राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार महिला क्रिकेट असोज २३ देखि कात्तिक १ गतेसम्म हुने छ । पोखरा रंगशालमा क्रिकेट मैदानमा हुने महिला क्रिकेटमा सात प्रदेश र दुई विभागीय टिम गरी कूल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

असोज २३ गते हुने उद्घाटन खेलमा समूह ए मा रहेका गण्डकी र मधेश प्रदेशबीच हुनेछ । यस्तै सोही दिन सुदूरपश्चम र बागमती प्रदेशबीच पनि खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल असोज ३१ गते हुनेछ । फाइनल खेल र तेस्रो स्थानका लागि खेल कात्तिक १ गते हुनेछ । नवौं अन्तर्गत पुरुष क्रिकेट भने भदौ अन्तिम साता काठमाडौंमा सम्पन्न भइसकेको छ । जहाँ नेपाल पुलिस क्लबले स्वर्ण र त्रिभुवन आर्मी क्लबले रजत जितेको थियो । यस्तै सुदूरपश्चिमले कास्य जितेको थियो ।

Leave A Reply

Your email address will not be published.