बायर्नको फराकिलो जित, गर्‍यो गोलको वर्षा

काठमाडौं।

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेल बायर्नले बायर लिभरकुसेनलाई ४-० गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा मुसिआलाले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । खेलको ३९ औं मिनेटमा मानेले गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए । यस जितसँगै बायर्नले ८ खेलमा १५ अंक जोडेको छ ।

बायर्न दोस्रो स्थानमा उक्लिएको छ । लिभरकुसेन ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

यस्तै, स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले अल्मेरियालाई ४-० गोल अन्तरले हराएको हो ।

खेलको दशौँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा ओहान सान्केटले गोल गरेपछि बिल्बाओ २-० ले अघि रह्यो । खेलको ६२ औं मिनेटमा निको विलियम्सले गोल गरेपछि बिल्बाओको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा मिकेल भेस्गाले गोल गर्दै बिल्बाओलाई ४-० को जित दिलाए । जितसँगै बिल्बाओ तेस्रो स्थानमा उक्लिएको छ ।

बिल्बाओले ७ खेलमा १६ अंक जोडेको छ । अल्मेरिया ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.