नेपाल पुगेलगत्तै सन्दीपले गर्दैछन् यति ठूलो घोषणा

काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल फर्किने भएका छन्। उनी अर्को हप्ता नेपाल आइपुग्ने भएका हुन्। सन्दीपले शनिबार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत् आफू अक्टोबर ६ अर्थात् असोज २० गते नेपाल आइपुग्ने जनाएका छन्।

नेपाल पुगेलगत्तै ब’ला’त्कार आ’रोप लागेका सन्दीपले ठूलो घोषणा पनि गर्ने भएका छन्। सन्दीपले आत्मसपर्पण गर्ने घोषणा गरेका हुन्। एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन्।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झु’टो आ’रो’पविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन्। उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफूमाथिको षड’यन्त्रको समसँगै पर्दा’फा’स हुने दाबी पनि गरेका छन्।

केही समय सम्पर्क’वि’ही’न भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए। उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फ’रा’र सूचीमा दर्ज भएका छन्। क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ।

नेपाली फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू-१७ फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले शनिबार एएफसी यू-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।

एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् । समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, आश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्सम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, सिर्जल राई

Leave A Reply

Your email address will not be published.