काठमाडौं।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने अहिले देशबाहिर छन्। सीपीएल खेल्न वेष्ट इण्डिज गएका सन्दीप अहिले कहाँ छन् भन्ने एकिन छैन। यद्यपि, उनी केही दिनपछि नेपाल फर्किने भएका छन्। उनी अर्को हप्ता नेपाल आइपुग्ने भएका हुन्।
सन्दीपले शनिबार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत् आफू अक्टोबर ६ अर्थात् असोज २० गते नेपाल आइपुग्ने जनाएका छन्। नेपाल पुगेलगत्तै ब’ला’त्कार आ’रोप लागेका सन्दीपले ठूलो घोषणा पनि गर्ने भएका छन्। सन्दीपले आत्मसपर्पण गर्ने घोषणा गरेका हुन्। एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन्।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झु’टो आ’रो’पविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन्। उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफूमाथिको षड’यन्त्रको समसँगै पर्दा’फा’स हुने दाबी पनि गरेका छन्।
केही समय सम्पर्क’वि’ही’न भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए। उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फ’रा’र सूचीमा दर्ज भएका छन्। क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ।
यसैक्रममा बिहान सन्दीपले लेखेको स्टाटसमा कमेन्ट गरेकी ‘जयनारी’ सावित्री सुवेदीविरुद्ध लामिछानेका समर्थकहरू खनिएका छन्। सन्दीपको पोस्टमा ‘अपराधनै नगरेको मान्छे किन लुगेको? ब’ला’त्का’री होस् तँ ब’ला’त्का’रीलाई फा’सी दे’ लेखेर कमेन्ट गरेपछि ‘जयनारी’माथि सन्दीप समर्थक खनिएका हुन्। उनको कमेन्टमा रिप्लाइ दिँदै सन्दीपका फ्यानहरूलाई ‘जयनारी’लाई गा’लीग’लौज गरेका छन्।
आईसीसीबाट नेपाली महिला टिमका लागि ठूलो खुसीको खबर
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट नेपाली महिला टिमका लागि खुसीको खबर आएको छ। नेपालको आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा सुधार भएको छ।
आईसीसीले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १८औं स्थानमा रहेको थियो।
नयाँ वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। यस्तै इंग्ल्याण्ड दोस्रो, न्यूजिल्याण्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्याण्ड दशौं स्थानमा रहेका छन्।
जिम्बाब्वे, थाइल्याण्ड, स्कटल्याण्ड, यूएई र तान्जानिया क्रमशः ११अैँ, १२औँ, १३औँ, १४औँ र १५औँ नम्बरमा छन्। नेपालभन्दा पछि नामिबिया १७औँ, नेदरल्याण्ड्स १८औँ, युगान्डा १९औँ र हङकङ २०औँ स्थानमा रहेका छन्।