बाबरले बराबरी गरे विराटको यो अर्को ठूलो कीर्तिमान

काठमाडौं।

पाकिस्तानको क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतका पूर्व कप्तान विराट कोहलीको अर्को कीर्तिमान बराबरी गरेका छन् । इंग्ल्याण्डविरुद्ध शुक्रबार खेलिएको छैटौँ टी–२० खेलमा बाबरले अन्तर्राष्ट्रिय टी–२० खेलमा ३ हजार रन पुरा गरेका हुन् ।

उनले ८१ पारीमा यो उपलब्धि हासिल गरेका हुन् । योसँगै उनले सबैभन्दा कम खेलमा ३ हजार रन पुरा गर्ने कोहलीको कीर्तिमान बराबरी गर्न सफल भए । बाबर टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजार रन बनाउने एक्लो पाकिस्तानी खेलाडी पनि हुन् ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा भारतका वर्तमान कप्तान रोहित शर्मा शीर्ष स्थानमा रहेका छन् । उनले ३ हजार ६९४ रन बनाएका छन् । कोहली ३ हजार ६६३ रनसहित दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ४९७ रन बनाएका छन् भने बाबर ३ हजार ३५ रनसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा पल स्टर्लिङ रहेका छन् । उनले ३ हजार ११ रन बनाएका छन् ।

आईसीसीबाट नेपाली महिला टिमका लागि ठूलो खुसीको खबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट नेपाली महिला टिमका लागि खुसीको खबर आएको छ। नेपालको आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा सुधार भएको छ।

आईसीसीले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १८औं स्थानमा रहेको थियो।

नयाँ वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। यस्तै इंग्ल्याण्ड दोस्रो, न्यूजिल्याण्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्याण्ड दशौं स्थानमा रहेका छन्।

जिम्बाब्वे, थाइल्याण्ड, स्कटल्याण्ड, यूएई र तान्जानिया क्रमशः ११अ‍ैँ, १२औँ, १३औँ, १४औँ र १५औँ नम्बरमा छन्। नेपालभन्दा पछि नामिबिया १७औँ, नेदरल्याण्ड्स १८औँ, युगान्डा १९औँ र हङकङ २०औँ स्थानमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.