‘पहेँलो जर्सी’ परिवर्तन गर्नुपर्ने ब्राजिलियनहरूको माग, यस्तो छ कारण

काठमाडौं।

पहेँलो रङलाई राजनीतिक अभियानसँग जोडेपछि ब्राजिलियनहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तन गर्नुपर्ने अभियान चलाएका छन्। ब्राजिलका निम्ति गौरव र विजयको प्रतीकका रूपमा रहेको रङलाई राष्ट्रपति जैर बोल्सोनारोको लिबरल पार्टीले आफ्नो राजनीतिक अभियानमा प्रयोग गरेको भन्दै बहुसंख्यक फुटबल फ्यानहरूले राष्ट्रिय टोलीको जर्सी परिवर्तनको अभियान चलाएका हुन्।

पाँच पटकको विश्वविजेता ब्राजिल अहिले विश्वकपमय बन्दैछ। समर्थकहरू कतारका रंगशाला जान आवश्यक प्रबन्ध मिलाइरहेका छन्। कतार जाने तयारीमा रहेकामध्ये एक हुन्, ह्युगर रमाहिओ। सन् २०१८ मा आफ्नो जन्मदिनमा उनले राष्ट्रिय टोलीको जर्सी लगाएका थिए।

त्यही जर्सी यसपालिको विश्वकपमा लगाउने भन्दै उनले जतनले ह्यांगरमा झुण्ड्याएका थिए। राष्ट्रको गौरव बनेको जर्सीको रङमाथि राजनीतिकरण भएपछि त्यो जर्सी लगाउन पाइएला कि नपाइएला भन्ने बिलखबन्दमा उनी परेका छन्।

‘पहेँलो जर्सी ब्राजिलको विजयको प्रतीक थियो। त्यो पहिरिन पाउँदा गौरवको अनुभूति हुन्थ्यो। अब त हाम्रो विजयको प्रतीकमाथि पनि राजनीतिकरण भयो। म कुनै राजनीतिक दलको विचार मान्दिनँ। पहेँलो पहिरिनु अब अमुक राजनीतिक दलको विचारमा गोलबद्ध हुनुझैं भयो, त्यसैले समर्थकहरूले जर्सी परिवर्तनको माग गरिरहेका हुन्,’ ३३ वर्षीय उनले भने।

ब्राजिलको पहेँलो जर्सीलाई कानारिनो पनि भनिन्छ। यो जर्सी ब्राजिलको राष्ट्रिय टोलीको सुरूवाती जर्सी थिएन। सन् १९५० को विश्वकपमा उरूग्वेसँग भिड्दा ब्राजिल सेतो जर्सीमा मैदानमा थियो। त्यसपछिको विश्वकपदेखि मात्रै ब्राजिल पहेँलो जर्सीमा मैदानमा देखिन थाल्यो। सन् १९५३ मा ब्राजिलले राष्ट्रिय जर्सीको डिजाइन गरेको थियो।

दसैँको टीका छाडेर विदेश उडे यी २ चर्चित नेपाली फुटबलर

नेपालीहरूको महान् चाड दसैँ सुरु भइसकेको छ। असोज १० गते घटस्थापनसँगै यसवर्षको दसैँ सुरु भएको हो। दसैँका लागि देश–विदेशमा रहेका नेपालीहरू आफ्नो घर फर्किन्छन्। घरमा रमाइलो गरी दसैँ मनाउँछन्। दसैँको मुखमै नेपाली राष्ट्रिय फुटबल टोलीका २ चर्चित खेलाडी भने विदेश गएका छन्। जसमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द छन्। किरण केही दिनअघि मात्रै भारत गएका हुन् भने रोहित शुक्रबार इन्डोनेसिया फर्किंएका छन्।

किरण भारतको आईलिग खेल्नका लागि त्यहाँ गएका हुन्। उनी राउन्डग्लास पञ्जाब फुटबल क्लबमा आवद्ध छन्। किरण पञ्जाब आवद्ध भएको यो पहिलो पटक भने होइन। यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट खेलिसकेका छन्।

२०२०–२०२१ सिजनमा पञ्जाबले लिगको चौथो स्थान हासिल गर्न सफल भएको थियो। त्यतिबेला उत्कृष्ट गोलरक्षक बनेका किरणले २ लाख ५० हजार भारतीय रुपैयाँ प्राप्त गरेका थिए। बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न किरण असोज ९ गते नेपाल आएका थिए। उनी म्याच सकिएलगत्तै असोज ११ गते नै राति भारत फर्किएका थिए।

यस्तै, इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पेर्सिक केडिरिबाट व्यवसायिक लिगको बाँकी खेल खेल्न रोहित शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न रोहित असोज ३ गते नेपाल आएका थिए। तर, स्वदेशमै आएर पनि रोहित दसैँ मनाउनसमेत नपाई व्यवसायिक बाध्यतामा बाँधिएका कारण फर्किएका हुन्।

रोहित यसै सिजनबाट पर्सिजा जकार्ताबाट पेर्सिक गएका हुन्। उनी संलग्न पर्सिकले जारी सिजनको ११ खेलमा ७ म्याचमा पराजित भएको छ। उसले ४ खेल बराबरी खेलेको छ। पेर्सिक लिग तालिकाको पुछारमा रहँदै रेलिगेशनको खतरामा रहेको छ।

नेपालले बंगलादेशलाई असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गोल गरेका थिए।

Leave A Reply

Your email address will not be published.