यी नेपाली क्रिकेटरले भारतको चर्चित लिग खेल्ने, पाए लाखौं रुयैयाँ

काठमाडौं।

आगामी ग्लोबल पावर क्रिकेट लिग (जीपीसीएल)को काउन्टडाउन सुरु भएको छ। आठ टोली सम्मिलित टी–२० प्रतियोगिताको उद्घाटन संस्करण २ अक्टोबरबाट भारतमा सुरु हुँदैछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

भारतीय नीलमणि, इङ्लिस रेड्स, स्कटिश मलबेरिज र अमेरिकन इन्डिगोहरू समूह ‘ए’ मा छन् भने अष्ट्रेलियन गोल्ड्स, साउथ अफ्रिकी इमराल्ड्स, श्रीलंकान भायोलेट्स र आयरिश ओलिभ समूह ‘बी’ छन्।

यसैबीच ग्लोबल पावर क्रिकेट लिगमा नेपाली खेलाडीले सहभागी हुने भएका छन्। नेपाली यू–१९ राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका महत्त्वपूर्ण खेलाडी राजवीर सिंहले ग्लोबल पावर क्रिकेट लिग खेल्ने भएका हुन्। चर्चित भारतीय खेलाडी मुनाफ पटेलको टिमले सिंहलाई आफ्नो टिममा समावेश गरेको हो।

भारतीय खेलाडी मुनाफ पटेलको टिम भारतीय नीलमणिले अनुबन्धित गरेको हो। राजवीर सिंहले नेपालबाट यू–१९ विश्वकप खेलेका थिए। सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ वर्ल्ड कपमा नेपाली टिमका महत्त्वपूर्ण खेलाडी थिए। उनी हाल लुम्बिनी क्रिकेट टिमको सदस्य तथा दाङ जिल्ला क्रिकेट टिमको कप्तान तथा देउखुरी क्रीकेट एकेडेमीका पूर्व कप्तान हुन्।

उनले यू–१९ टिमका लागि ५ खेल खेलेको थियो। यसक्रममा उनले ७० रन बनाएका थिए। जसमा उनले भारतसँगको खेलमा ३४ रन बनाएका थिए। यस्तै उनले बंगलादेशविरुद्ध ९ र न्यूजिल्याण्डसँग २४ रन बनाएका थिए। उनलाई भारतीय नीलमणिले ७ हजार अमेरिकी डलरमा अर्थात् ९ लाख १२ हजारभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो।

टी–२० प्रतियोगिताको उद्घाटन संस्करण अक्टोबर २ बाट भारतमा सुरु हुँदैछ। प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा जानअघि प्रत्येक टोलीले समूह चरणमा तीनवटा खेल खेल्नेछन्, जहाँ प्रत्येक समूहको शीर्ष टोलीले अर्को समूहको दोस्रो स्थानको टोलीसँग खेल्नेछ।

सेमिफाइनलका विजेताहरूले अक्टोबर ९ मा फाइनलमा एकअर्काको सामना गर्नेछन्। सबै खेलहरू नयाँ दिल्लीको यमुना स्पोर्ट्स कम्प्लेक्स क्रिकेट मैदानमा खेलाइनेछ। फाइनल बाहेक, सबै दिनहरूमा डबल–हेडरहरू छन् समूह चरणका खेलहरू अक्टोबर ७ मा समापन हुनेछन्। दुवै सेमिफाइनल अक्टोबर ८ मा हुने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.