काठमाडौं।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाल यथावत रहेको छ। नेपालको टी–२० वरीयतामा यथावत रहेको हो। आईसीसीले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–२० वरीयता यथावत रहेको हो।
नयाँ वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ।
यस्तै दक्षिण अफ्रिका चौथो, न्यूजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ।
यसैगरी जिम्बाब्वे ११औँ, आयरल्याण्ड१२औँ, यूएई १३औँ, नामिबिया १४औँ र स्कटल्याण्ड १५औँ स्थानमा छन्। नेपालभन्दा पछि ओमान १७औँ, नेदरल्याण्ड १८औँ, पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औँ नम्बरमा छन्।
नेपालले बंगलादेशसँग सिरिज खेल्ने !
नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशसँग सरिज खेल्ने सम्भावना छ। नेपालले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्न प्रस्ताव गरेको छ। नेपालले घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न बंगलादेशसँग प्रस्ताव गरेको हो।
दशैंलगत्तै बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले अगाडि बढाइसकेको छ। नेपाल टी–२० लिग स्थगित भएसँगै केही समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले बंगलादेशसँग तीन एकदिवसिय अभ्यास म्याचका लागि प्रस्ताव गरेको बताइएको छ।
क्यान स्रोतका अनुसार बंगलादेशसँग सिरिज खेल्न कुरा भइरहेको भएपनि पक्कचाहिँ भएको छैन। नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले खाली छ। असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुने नेपाल टी–२० लिग स्थगित भएपछि क्रिकेट टिम खाली अवस्थामा रहेको हो। सुरक्षा कारण देखाउँदै नेपाल टी–२० लिग आगमी डिसेम्बरसम्मलाई स्थगित गरिएको छ।
बंगलादेश टेस्ट राष्ट्र हो। टेस्ट राष्ट्रको ‘ए’ बलियो नै हुने गर्छ। नेपालले यसअघि गत वैशाखमा जिम्बाब्वे ‘ए’ टिमसँग तीन टी–२० र तीन म्याचकाृ एकदिवसिय सिरिज खेलेको थियो। तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो। दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो।