भियतनाम पुग्यो नेपाली फुटबल टोली, यस्तो छ खेल तालिका

काठमाडौं।

एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली यू–१७ फुटबल टोली भियतनाम पुगेको छ। नेपाली टोली सोमबार दिउँसो भियतनामको भियत ट्री सिटी पुगेको हो। नेपाली टोलीले साँझ प्रशिक्षण गर्ने छन्।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै बिदाइ गरेको थियो। नेपाल हालै साफ यू–१७ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो।

छनोटमा नेपाल समूह एफमा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ छन्।  नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।

नेपालले दोस्रो म्याचमा ७ अक्टोबरमा भियतनाम र ९ मा चाइनिज ताइपेइको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, श्रृजल राई।

आईसीसीबाट आयो नेपाली टिमबारे नयाँ ठूलो अपडेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाल यथावत रहेको छ। नेपालको टी–२० वरीयतामा यथावत रहेको हो। आईसीसीले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–२० वरीयता यथावत रहेको हो।

नयाँ वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ।

यस्तै दक्षिण अफ्रिका चौथो, न्यूजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ।

यसैगरी जिम्बाब्वे ११औँ, आयरल्याण्ड१२औँ, यूएई १३औँ, नामिबिया १४औँ र स्कटल्याण्ड १५औँ स्थानमा छन्। नेपालभन्दा पछि ओमान १७औँ, नेदरल्याण्ड १८औँ, पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औँ नम्बरमा छन्।

Leave A Reply

Your email address will not be published.