यी चर्चित खेलाडीले छोडे आर्मी फुटबल क्लब

काठमाडौं।

त्रिभुवन आर्मी फुटबल क्लबका एक महत्पूर्ण खेलाडीले टिम छाडेका छन्। नेपाली फुटबल टिमका डिफेण्डरसमेत रहेका गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका हुन्। उनले आगामी सिजन आर्मीमा नरहने घोषणा गरेका हुन्।

गौतमले व्यक्तिगत कारणले आर्मी छोडेको बताएका छन्। ‘व्यक्तिगत कारण आर्मी छोडेको हुँ,’ गौतमले भने, ‘भविष्यको बारेमा अहिले नै केही टुंगो गरिसकेको छैन।’ उनले आर्मी क्लबलाई धन्यवादसमेत दिएका छन्।

‘नयाँ सुरुवातहरू प्रायः पीडादायी भेषको रूपमा अन्त्यको हुन्छन्’ उनले थपे, ‘यो सबैथोकका लागि आर्मी परिवारलाई धन्यवाद।’ गौतमले गत सिजन पहिलोपटक आर्मीबाट ‘ए’ डिभिजन लिग खेलका थिए।

त्यसअघि उनी जावलाखेल युथ क्लबमा थिए। आर्मीमा अनुबन्ध भएसँगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए। यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो। आर्मीमा रहँदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए।

नेपालले बंगलादेशविरुद्ध ११ असोजमा मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए। जसका कारण टोली बाहिर रहेका थिए। नेपालले बंगलादेशविरुद्ध ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा नेपालको जितमा अञ्जन विष्टले ह्याट्रिक गोल गरेका थिए।

भियतनाम पुग्यो नेपाली फुटबल टोली, यस्तो छ खेल तालिका

एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली यू–१७ फुटबल टोली भियतनाम पुगेको छ। नेपाली टोली सोमबार दिउँसो भियतनामको भियत ट्री सिटी पुगेको हो। नेपाली टोलीले साँझ प्रशिक्षण गर्ने छन्।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै बिदाइ गरेको थियो। नेपाल हालै साफ यू–१७ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो।

छनोटमा नेपाल समूह एफमा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ छन्।  नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ।

नेपालले दोस्रो म्याचमा ७ अक्टोबरमा भियतनाम र ९ मा चाइनिज ताइपेइको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, श्रृजल राई।

Leave A Reply

Your email address will not be published.