बहराइनमा चम्किँदै मनिष डाँगी, देखाए गोर्खाली पावर

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगी अहिले बहराइनमा रहेका छन्। उनले त्यहाँ व्यवसायिक फुटबल खेलिरहेका छन्। २०२२–२३ को सिजनका लागि मनिषलाई बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबमा अनुबन्धित गरेको थियो।

उनले अहिले त्यहाँ ‘बहराइन किंग्स कप’ खेलिरहेका छन्। गएराति भएको खेलमा मनिष आवद्ध इतिहाद अल रिफ क्लब विजयी भएको छ। अल इत्तिफाक मकाबाविरुद्ध इतिहाद अल रिफ २–० गोलले विजयी भएको हो।

इतिहाद अल रिफ क्लबको जितमा मनिषको भूमिका पनि अहम् रह्यो। उनले एक सुन्दर असिस्ट दिएका थिए। खेलको ४१औँ मिनेटमा मनिषको असिस्टमा अगुनाल्डोले टिमलाई १–० को अग्रता दिलाए। त्यसपछि खेलको ७५औँ मिनेटका अलिले गोल गर्नै टिमलाई २–० को शानदार जित दिलाएका हुन्।

दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए। उनी दोस्रो संस्करणको एनएसएलका लागि पनि विराटनगरमै आवद्ध छन्।

मनिषले सहिद स्मारक ‘ए’डिभिजन लिग भने साविकको विजेता मछिन्द्र क्लबबाट खेलेका थिए। पहिलो संस्करणको एनएसएल खेलेदेखि उनी नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य छन्। उनलाई नेपाली टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यू गराएका थिए।

उनले विश्वकप छनोटको तयारी स्वरूपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए। पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका मनिषले इराकविरुद्ध पहिलो रोजाइमै खेल्ने अवसर पाएका थिए। र, उनले डेब्यूमै उत्कृष्ट गोलसमेत गरेका थिए।

उनले खेलको २९औं मिनेटमा सन्तोष तामाङको चलाखीपूर्ण पासमा गोल गरेका थिए। यस्तै, गत वर्ष असोजमा सम्पन्न साफ च्याम्पियनसिप माल्दिभ्सविरुद्ध एक गोल गरेका थिए।

भियतनाम पुग्यो नेपाली फुटबल टोली, यस्तो छ खेल तालिका

एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली यू–१७ फुटबल टोली भियतनाम पुगेको छ। नेपाली टोली सोमबार दिउँसो भियतनामको भियत ट्री सिटी पुगेको हो। नेपाली टोलीले साँझ प्रशिक्षण गर्ने छन्।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै बिदाइ गरेको थियो। नेपाल हालै साफ यू–१७ मा उपविजेता बनेको थियो। फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो।

छनोटमा नेपाल समूह एफमा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। नेपालले दोस्रो म्याचमा ७ अक्टोबरमा भियतनाम र ९ मा चाइनिज ताइपेइको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टिम : गोलकिपर : समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान । डिफेन्डर : मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर : हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके । फरवार्ड : सुबास बम, श्रृजल राई।

Leave A Reply

Your email address will not be published.