काठमाडौं।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जनवरी ट्रान्सफरमा क्लब छाड्ने सक्ने भएका छन्। मुख्य प्रशिक्षक एरिक टेन हागले क्लब छाड्न चाहेका रोनाल्डोलाई नरोक्ने भएका छन्।
टेलिग्राफको अनुसार अब उपयुक्त प्रस्ताव आएमा रोनाल्डोले जनवरीमा युनाइटेड छाड्न सक्ने छन्। पोर्चुगिज फरवार्ड रोनाल्डो पछिल्लो समय युनाइटेड छाड्ने योजनामा रहेका छन्।
हागको नेतृत्वमा युनाइटेडको टोलीमा नियमित स्थान बनाउन असफल भएपछि रोनाल्डो क्लब छाड्ने योजनामा रहेका हुन्। आइतबार राति म्यानचेस्टर डर्बीमा ६–३ को हार व्यहोर्दा रोनाल्डो मैदान उत्रन पाएनन्। तर, रोनाल्डोलाई अनुबन्धका लागि ठूला क्लबले चासो देखाएको छैन।
युनाइटेडसँग पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डोको सम्झौता २०२४ सम्म रहेको छ। ३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए। उनको प्रदर्शन सोचेजस्तो भइरहेको छैन। त्यसैले युनाइटेड उनीबिना नै मैदानमा उत्रिरहेको छ।
दसैँको टीका छाडेर अष्ट्रेलिया पलायन भए थप यी ३ खेलाडी
नेपालका राष्ट्रिय फुटबलरका लागि पछिल्लो समय अस्ट्रेलिया आकर्षक गन्तव्य बनिरहेको छ। नेपाल सुपर लिग अनिश्चित बन्दै गएपछि राष्ट्रिय फुटबल टिमबाट खेलेका खेलाडी समेत पछिल्लो समय अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्न त्यसतर्फ गइरहेका छन्।
यसैक्रममा नेपालका तीन फुटबल खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर शिव गुरुङ, आकाश बुढामगर र यू–२३ टोलीका फरवार्ड रेजिन सुब्बा अष्ट्रेलिया प्रस्थान गरेका छन्। नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला थप तीन खेलाडी विदेशिएका हुन्। दसैँको टीका छाडेर उनी अष्टेलिया गएका हुन्।
पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को नै लागेको छ। गत महिना ६ जना फुटबल खेलाडी अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। राष्ट्रिय टिमबाट खेलिसकेका राजन गुरुङ, मिक्चेन तामाङ, अमिर श्रेष्ठसहित रवी थिङ, रुमेश बर्तौला र रोहित कार्की अस्ट्रेलिया गएका थिए। उनीहरूलाई मेलवर्नको स्थानीय नेपाली क्लब रोयल वेस्टर्नस्ले स्वागत गरेको थियो। क्लबले त्यहाँको स्थानीय लिग सिलिकन स्ट्याक प्रिमियर लिग २०२२ खेलेको थियो। लिगमा १० क्लबबीच प्रतिस्पर्धा भएकोमा रोयल २१ अंकसहित छैटौं भएको थियो।
यस्तै क्लबले आगामी महिना एक्स्पर्ट कप २०२२ आयोजना गर्दैछ। गत साउनमा एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर फुटबलमा भविष्य खोज्दै अस्ट्रेलिया गएका थिए। २४ वर्षीय हेमन्तले सन् २०१६ मा भारतविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
पछिल्लो समय उनले बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टिममा स्थान बनाउन भने सकिरहेका थिएनन्। नेपालका सबै उमेर समूहबाट खेलेका हेमन्तले सन् २०७२ मा काठमाडौंमा भएको साफ यू-१८ च्याम्पियनसिप जित्दा खेलेका थिए।
साउनमै विमल राना अस्ट्रेलिया पुगेका थिए। फरवार्ड रानाले गत सिजन मनाङबाट लिग खेलेका थिए। गत असारमा फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलेका थिए। पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ।
यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका एक दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्। यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। यस्तै जगजित श्रेष्ठ, विवेकप्रताप पन्त र विमल बस्नेत पनि अस्ट्रेलियामा स्थानीय टिमबाट खेलिरहेका छन्।