द. अफ्रिकाले दियो विशाल लक्ष्य, रोसोउले खेले करियरकै उत्कृष्ट पारी

काठमाडौं।

टी–२० सिरिजको तेस्रो म्याचमा दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ। इन्दौरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो।

उसका लागि रिली रोसोउले शतकीय पारी खेले। उनले ४८ बलमा ७ चौका र ८ छक्काको मद्दतमा अविजित १०० रनको योगदान दिए। उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक हो। यसअघि यस ढाँचामा उनको उच्च स्कोर नटआउट ९६ रन थियो।

यस्तै, क्विन्टन डीककले ४३ बलमा ६ चौका र ४ चौकासहित ६८ रन जोड्दा ट्रिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए। डेविड मिलरले मात्र ५ बलमा ३ छक्काको सहयोगमा नटआउट १८ रनको आक्रामक पारी खेले।

भारतका लागि उमेश यादव र दिपक चाहरले १–१ विकेट लिए। एक विकेट भारतले रनआउटको रूपमा पायो। भारत आजको खेलमा विजयी हुँदै सिरिज ‘क्लिन स्विप’ गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

पहिलो खेलमा ८ विकेटले विजयी भएको भारतले दोस्रो म्याचमा १६ रनको जित हात पारेको थियो। पाहुना टोली दक्षिण अफ्रिका यो म्याच जित्दै सिरिजमा ‘क्लिन स्विप’ हुन बाट जोगिन चाहन्छ।

थाइल्याण्डसँग खेल्दै नेपाल, यस्तो छ दुवैको ‘हेड टू हेड’ नतिजा

एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो पहिलो म्याच बुधबार थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुनेछ।

नेपाल थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न चाहन्छ। थाइल्याण्ड पनि नेपाललाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ। नेपालाई बलियो टिम थाइल्याण्डमाथि जित निकाल्न त्यति सहज भने पक्कै पनि हुनेछैन।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन्। ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,’ मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा श्रेष्ठले भने, ‘थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो। छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मिहेनेत गरेर खेल्ने बताए। ‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भने।

थाइल्याण्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको र उनीहरुको सामना गर्न टिम तयार रहेको बताए। ‘हाम्रो तयारी राम्रो छ। नेपालको सामना गर्न हामी तयार छौँ। नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्,’ उनले भने।

नेपाल र थाइल्याण्डले पछिल्लो समय सन् २०१४ मा एकअर्काविरुद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेल ३–३ को बराबरीमा सकिएको थियो। छनोटअन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ।

 

Leave A Reply

Your email address will not be published.