थाइल्याण्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं।

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे । यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे । खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए ।

जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ। यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ ।

यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

विश्वकपअघि ‘त्रिकोणात्मक सिरिज’

न्यूजिल्याण्डमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ । जहाँ आयोजक न्यूजिल्याण्डसहित पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। बुधबार त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ।

तीनै देशका कप्तानको उपस्थितिमा सिरिजको ट्रफी सार्वजनिक गरिएको हो। जहाँ न्यूजिल्याण्डका कप्तान केन विलियम्सन, पाकिस्तानका कप्तान बाबर अजाम र बंगलादेशका कप्तान नुरुल हसन उपस्थित थिए।

त्रिकोणात्मक सिरिजको पहिलो म्याचमा पाकिस्तान र बंगलादेश खेल्नेछन्। यी दुई देशबीचको खेल शुक्रबार हुँदैछ। म्याच न्यूजिल्याण्डको क्राइस्टचर्चमा नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु हुनेछ। दोस्रो खेलमा न्यूजिल्याण्ड र पाकिस्तान ८ अक्टोबरमा भिड्नेछन्।

सिरिजको तेस्रो खेलमा न्यूजिल्याण्ड र बंगलादेशबीच ९ अक्टोबरमा प्रतिस्पर्धा हुनेछ। चौथो म्याचमा न्यूजिल्याण्ड र पाकिस्तान ११ अक्टोबरमा खेल्नेछन्। सिरिजअन्तर्गतको पाँचौं खेलमा न्यूजिल्याण्ड र बंगलादेश १२ अक्टोबरमा भिड्नेछन्।

छैटौं म्याचमा पाकिस्तान र बंगलादेश १३ अक्टोबरमा खेल्नेछन्। सिरिजको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल १४ अक्टोबरमा हुनेछ।

सबै म्याच नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि न्यूजिल्याण्डको क्राइस्टचर्चमै हुनेछन्। अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारी स्वरूप यी तीन देशले यो त्रिदेशीय सिरिज खेल्ने लागेका हुन्। टी–२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुँदैछ।

Leave A Reply

Your email address will not be published.