काठमाडौं।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई आत्म’सम’र्पण गर्ने भएका छन्। प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आ’त्मस’मर्पण गर्ने निर्णय गरेका हुन् ।
‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्म’सम’र्पण गर्ने छु।’ उनले आफूविरुद्ध लागेको अभि’यो’गमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन्।
आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन्। बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन्।
‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु। मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन्।
लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना ह’थ’क’डी लैजान पनि अनुरोध गरेका छन्। लामिछाने’विरुद्ध एक ना’बालि’काले आफूलाई ब’ला’त्का’र गरेको आरोपका साथ प्रहरीमा अभि’योग दर्ता गरेकी छन्।
प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौ’न अप’रा’धको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले नि’ल’म्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृ’णाको शिकार भएकोमा निराशा पनि जनाएका छन् । अधिवक्ता घिमिरेले आफू विमानस्थलमा उपस्थित हुने र लामिछानेलाई कानून तथा सम्बिधान प्रदत्त सुझाव र सल्लाह दिने बताए। –देश सञ्चार डटकमबाट साभार।