काठमाडौं ।
भारतमा जारी लेजेन्ड्स क्रिकेट लिगको फाइनलमा इन्डिया क्यापिटल्सले भिलवारा किंग्सलाई २ सय १२ रनको विशाल लक्ष्य दिएको छ। जोधपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो।
उसका लागि रस टेलर र मिचेल जोनसनले उत्कृष्ट ब्याटिङ गरे। टेलरले ४१ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान दिए। त्यस्तै, जोनसनले ३५ बलमा ७ चौका र ३ छक्कासहित ६२ रन जोडे। त्यसैगरी एश्ले नर्सले पनि उत्कृष्ट पारी खेले। उनले १९ बलमा ६ चौका र १ छक्कासहित अविजित ४२ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
भिलवाराका लागि राहुल शर्माले ४, मोन्टी पनेसरले २ र टिम ब्रेसननले १ विकेट लिए। इन्डिया क्यापिटल्स गौतम गम्भीर र भिलवारा किंग्स इरफान पठानको कप्तानीमा मैदानमा उत्रिएका छन्।
आईसीसीले नेपाल फर्किने तयारीमा रहेका सन्दीपलाई दियो झड्का
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल फर्किंदै छन्। उनी भोलि बिहीबार नेपाल आउँदैछन्। सन्दीपले गत शनिबार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत् आफू अक्टोबर ६ अर्थात् असोज २० गते नेपाल आइपुग्ने जनाएका थिए।
नेपाल आउनअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन्दीपले झड्का दिएको छ। सन्दीपको आईसीसी वरीयता खस्किएको छ। उनी तीन स्थान तल झरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ६४औँ स्थानमा रहेका छन्। यसअघि उनी ६१औँ स्थानमा रहेका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको वरीयता पनि एक–एक स्थान तल झरेको छ। कुशल ५४औं स्थानमा रहेका छन्। दीपेन्द्र ५९औं स्थानमा छन्। दीपेन्द्र अलराउण्डर वरीयताको नवौँ स्थानमा उक्लिएका छन्।
ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन्। बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।