काठमाडौं।
नेपाली राष्ट्रिय टोलीका निल’म्बि’त कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।
स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बा’लि’काले ब’ला’त्का’रको जाहेरी दिएकी थिइन् । उनीवि’रुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
आफू’विरुद्ध उ’जु’री पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । नेपाल पुग्ने बित्तिकै आत्म’सम’र्पण गर्ने घोषणा उनले यसअघि नै गरिसकेका छन्। लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना ह’थ’क’डी लैजान पनि अनुरोध गरेका छन्।