सन्दीपलाई ठूलो झड्का, प्रहरीले मानेन उनको यो आग्रह

काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने प’क्रा’उ परेका छन्। कतार एयरवेजबाट दोहा हुँदै नेपाल आइपुगेका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो।

सन्दीप’विरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई ब’ला’त्का’र गरेको भन्दै उ’जुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीप’विरुद्ध प’क्रा’उ पुर्जी जारी गरेको थियो ।

यस्तै प्रहरीले सन्दीप’विरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरिसकेको थियो। पक्राउ परेका प्रहरीले आजै सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ। यस्तै उनलाई प्रहरी वृत्त गौशालामा बुझाइनेछ।

उनलाई न्यायिक हि’रा’सत’मा राखेर अनु’सन्धा’न गरिनेछ। सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्‍याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय ज’बर्ज’स्ती क’र’णी गरेको जाहेरीमा उल्लेख छ ।

तर, सन्दीपले आफू’विरुद्ध झुटो आ’रो’प लागेको बताउँदै कानुनी लडाइँ लड्ने बताउँदै आएका छन्। उनले आफू निर्दोष रहेको र आफूले छिटोभन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन्।

यसैक्रममा प्रहरीले सन्दीपले गरेको आग्रह मानेको छैन। उनले आफूलाई ह’त्क’डी नलाउन भन्दै हिजो प्रहरीलाई पात्राचार गरेका थिए। तर, प्रहरीले सन्दीपको आग्रह मानेन् र, उनलाई ह’त्क’डी लगाउँदै विमानस्थलबाट प्रहरी कार्यालय लगिएको छ।

Leave A Reply

Your email address will not be published.