सन्दीपलाई अस्पताल लगियो, यस्तो भन्छन् उनका वकिल

काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ। ना’बा’लिग बला’त्का’रको आ’रोप’मा पक्राउ परेका सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्रा’उ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो। त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए।

‘सन्दीपजीले आत्म’समर्प’ण गरिहाल्नुभयो। मेरो उपस्थतितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो। मलाई इमेल गर्नुभएको थियो। तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,’ उनले भने। आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ।

‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो। उहाँहरूले नि’यन्त्र’णमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ। मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने। सन्दीपले आफू निर्दोष रहेको बारम्बार दोहोर्‍याइरहेको र कानुनी अनुसन्धानमा सहयोग गर्न तयार रहेको भनिरहेको घिमिरेले बताए।

सिटीको अर्को शानदार जित, फेरि चम्किए हालाण्ड

यूईएफए च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।

रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे ।

५५ औं मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो। त्यसपछि खेलको ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ । सिटी अन्तिम १६ को निक समेत पुगेको छ । समूह ‘जी’ को सिटीले ३ खेलमा ९ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा रहेको छ । कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.